नव वर्ष अभियानको तयारी पुरा गर्दै दराज

Nawa Barsha Grand Sale
Share It On:

२३, चैत २०७७, काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले चैत्र २९, २०७७ (११ एप्रिल, २०२१) देखि नव वर्षको भव्य सेलदराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको शुभ-अवसरलाई लिएर दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको छ। दराज नव वर्ष २०७८ चैत्र २९,२०७७  देखि सुरु हुने दराजले जनाएको छ।

दराज नव वर्ष २०७८ को प्रमुख आकर्षणहरू मध्ये एक पेमेन्ट पार्टनर छुट रहेको छ जसमा ग्राहकहरुले सिमित डेबिट र क्रेडिट कार्डबाट प्री-पेमेन्ट गर्दा रु १००० देखि रु १५०० सम्मको छुट् पाउन सक्नेछन्। डेबिट कार्ड धारकहरूले रु १००० सम्मको थप छुट पाउनेछन् र क्रेडिट कार्ड धारकहरूले रु. १५०० सम्मको थप छुट पाउनेछन्। पेमेन्ट पार्टनरहरु निम्नानुसार छन् : नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सन् राइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक।

साथै ग्राहकहरुले आफ्नो सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्छन्। येति मात्र नभई, ग्राहकहरु खेल १ रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्नेछन्।

दराज नव वर्ष २०७८को लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्ग ले भने

“गएको एक वर्ष महामारीको कारणले समय निकैनै कठिन थियो। तर हामी विश्वस्त छौं कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहनेछ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौं। हजारौं विक्रेता र ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, र अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं। मलाई आशा छ कि यस अभियानले हाम्रा सबै ग्राहकहरुका लागि उत्तम अवसरको रूपमा काम गर्नेछ  र उहा हरुको सबै किनमेल आवश्यकताहरु पूरा गर्नछ।”

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ। त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ।

थप विवरणहरू कृपया हाम्रो अभियान पृष्ठमा हेर्नुहोस्: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *