अब दराजमा इसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने

Daraz and Esewa

असर १६, काठमाडौँ, नेपाल

नेपालको अग्रणी अनलाइन बजार,दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवा सँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन्। यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउनेछ।  यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ,  डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउनेछ।

दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नुहुनेछ। इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ (३ कार्य दिन भित्र)।

इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो दराज एपमा इसेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं।  हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं। ” , दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।

नेपालको सबै भन्दा ठूलो अनलाइन बजार दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्। दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका  २४ भन्दा बढी शहरहरूमा वितरण गर्दछ। विभिन्न उत्पादन र राष्ट्रव्यापी डेलिभरीका कारण धेरैले अनलाइन शपिंगका लागि दराज नै रोज्दछन्। साथै अब ईसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारी को बेलामा नगद चलाउनु पर्ने अवश्यकता पनि पर्दैन।

मानिसहरु सक्रमणको खतराले बाहिर निस्कन नसकेपनि घरै बसी आफुलाई चाहिने हरेक अवश्यक्ताहरु अनलाइन भुक्तानी र ई कमर्स मार्फत खरिद गर्न सक्दछन। त्यसकारण हालका वर्षहरुमा नेपालमा लोकप्रीय हुदैँ गएको अनलाइन भुक्तानी र ई कमर्स अहिले अवश्यकतानै बन्न पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here