असर १६, काठमाडौँ, नेपाल
मञ्जुश्री फाइनान्सले पचास करोड वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धक को रुपमा एनआईबिएल एस क्यापिटल संग एक संझौता गरेको छ। चुक्ता पूँजी ८१ करोड ८१ लाख र १९ करोड ७२ लाख संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूजी वाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ।
यस संस्थाको चैत्र २०७६ सम्म ८ अर्ब १० करोड निक्षेप संकलन तथा ६ अर्ब ७० करोड कर्जा लगानी रहेको छ। मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो।
यस फाइनान्सले उच्चतम ब्याज दरमानिक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ।