काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान’ सुचारु

MR-Campaign-in-KMC

असार १६, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत को परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेलाखोप अभियान २०७७ पुनः सुचारु गरेको छ। एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ सँगको सहकार्यमा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेलाखोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ।

गत वर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप अभियान कोरोना भाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुनसकेको थिएन। काठमाडौं महानगरपालिका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ।यो अभियानमा काठमाडौं महानगरपालिका भित्र रहेका १ लाख भन्दा बढी बालबालिकालाई दादुरा – रुबेलाखोप लगाउने सरकारी लक्ष्य छ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात्दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ।कोरोना भाइरस महामारीकै बेलामा काठमाडौं लगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ। सन् २०२० को पाँचौ महिना को मध्य सम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो।

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई यस अभियान अन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ। यो अभियान  काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ।

पहिलो चरण अन्तर्गत असार ११ गते देखि १३ गते सम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ। दोस्रो चरणमा वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६ गते सम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ। त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गते सम्म खोप लगाइने छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएस आर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र सँग गत वर्ष समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पुर्‍याउँदै आएको छ।

यो सहकार्यले बालबालिकाको जीवन रक्षा सँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ।एनसेलले सरकारकालाई कोरोना भाइरस सम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै खाएको छ।यस अघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here