३१ बैशाख, काठमाण्डौं।
सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् ।
उनीहरूले तीनओटा महत्वपूर्ण अवार्ड जितेर देशको इज्जत बढाएका छन् । उक्त कार्यक्रममा १८ भन्दा बढी देशका प्रतियोगीहरूको सहभागिता थियो ।
यो यात्रा एक समर्पित देशीय साझेदार निमा एजुकेसन फाउन्डेसन र प्रतिष्ठित कोडेभर ५.० कोडिङ प्रतियोगिताको आयोजक स्टिमपिडिया बिचको समन्वयात्मक सहकार्यबाट सुरु भएको हो ।
नेपालका विद्यालयहरूका लागि पहिलो पटक अन्तर्राष्ट्रिय कोडिङ र रोबोटिक्स प्रतियोगिता सुरु गर्न विभिन्न विद्यालयहरूको भ्रमण गरी राष्ट्रव्यापी मार्केटिङ अभियान सुरु गरिएको थियो । यस पहलको उद्देश्य देशभरबाट शीर्ष कोडिङ र रोबोटिक्स प्रतिभाहरू पहिचान गरी सहयोग गर्नु हो ।
फेबु्रअरीमा सम्पन्न एक सफल राष्ट्रिय कार्यक्रमपछि दुबईमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न शीर्ष परियोजनाहरू छनोट गरियो ।
विद्यार्थीहरूले प्रस्तुति सिपमा गहन तालिम मार्पmत आफ्ना परियोजना डिजाइन सुधार तथा अद्यावधिक गरी एआई रोबो सिटी च्यालेन्ज ट्रयाक अगाडि बढाए ।
सल्लाहकारहरूको मार्गदर्शन र सहयोगबाट उनीहरूले कडा मेहनत गरे । यस अभियानमा विद्यालय र अभिभावकले पनि सहयोगी भूमिका खेलेका छन् ।
नेपाली टोलीले आफ्नो कडा मिहिनेत र लगनशीलताको फलस्वरूप कोडेभर ५.० मा तीन प्रतिष्ठित अवार्ड जित्न सफल भएका छन् ।
विद्यालयको नाम परियोजनाको नाम ट्रयाक टोली सदस्य पुरस्कार
नेपाली विद्यार्थीहरूले गरेको उत्कृष्ट कामले उनीहरू कोडिङ र रोबोटिक्समा अब्बल रहेको देखाउँछ । यसले उनीहरूले नयाँ र रचनात्मक सोचमार्पmत विश्वव्यापी समस्याहरू समाधान गर्न सक्छन् भन्ने पनि देखाउँछ ।
सहभागीहरूले समस्या समाधान गर्ने, टोलीमा काम गर्ने, आलोचनात्मक रूपमा सोच्ने, रचनात्मक रूपमा परियोजनाहरूलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने जस्ता महत्वपूर्ण सिपहरू सिके ।
यी सिपहरूले उनीहरूलाई भविष्यमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसँग सम्बन्धित क्रियाकलापमा धेरै मद्दत गर्ने छ ।
यसबाहेक, अन्तर्राष्ट्रिय स्तरको यस सहभागिताले विद्यार्थीहरूलाई विभिन्न देशका साथीहरूसँग जोडिने, दुबईको जीवन्त सहर अवलोकन गर्ने र कोडिङ तथा रोबोटिक्स प्रतियोगिताहरूको विश्वव्यापी परिदृश्य अनुभव गर्ने सुनौलो अवसर प्रदान गरेको छ ।
केडेभर ५.0 मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन ग¥यो । यसले निमा एजुकेसन फाउन्डेसन युवाहरूलाईको क्षेत्रमा अब्बल बनाउन मद्दत तथा सहयोग गर्न प्रतिबद्ध छ भन्ने देखाउँछ ।
सहभागीहरूको यो सफलताले यस क्षेत्रमा राम्रो गर्न चाहने अन्य विद्यार्थीहरूलाई पनि प्रेरित गर्न सक्छ । यसले कोडिङ र रोबोटिक्स सिपका लागि नेपाल विश्व मञ्चमा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पनि देखाउँछ ।