८ असार, काठमाडौं।
सहकारी क्षेत्र रोजगारीका लागि एउटा आकर्षण क्षेत्र रहेको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघ नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (#सीईओ) शिवार्ज सापकोटाले बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेला २०८१ मा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उनले समुदाय समुदायमा गएर काम गर्नुपर्ने हुँदा सहकारी क्षेत्र एउटा रोजगारीका आकर्षणको क्षेत्र रहेको बताएका हुन् ।
यो क्षेत्रमा काम गर्नेहरुका लागि कर्मचारीमा मात्र सीमित नभएर माथिल्लो उच्च नेतृत्व तहमा समेत पुग्न सक्ने अवसर रहेको उनले बताए । सहकारी क्षेत्रमा आएर आफ्नो कामलाई निरन्तरता दिन्छु भनेर काम गर्नुपर्छ ।
उनले भने,‘यहाँ कामको निरन्तरता दिएको पाइँदैन । एउटा टेबुलमा सीमित भएर केही समय काम गरी छोट्ने प्रवृति छ । यसले गर्दा उनीहरुमा क्षमता वृद्धि हुदैन ।
क्षमता वृद्धि नहुँदा कामका अवसर पाइन्छन् ।’ रोजगारीका अवसर पाउन आफुमा क्षमताको वृद्धि गर्नु पर्ने उनले बताए । प्रविधिसँग जोडिएर काम गर्नेका लागि सहकारीमा धेरै अवसर रहेको उनका भनाइ थियो ।
नेपालमा तथ्यांकको समस्या हुँदा सहकारी क्षेत्रमा कति रोजगारी दिइरहेको छ भन्ने एकिन तथ्यांक नसकिए हुँदा पनि करिब १ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ ।
यो क्षेत्रमा काम गर्न व्यक्तिलाई राम्रो अवसर हुँदा पनि निरन्तरता हुँदा क्षमता वृद्धि नभएको देखिन्छ । उनले भने,‘प्रस्तिपर्धाका रुपमा काम गर्न चुनौती छ । विभिन्न प्रविधिसँग जोडिएर काम गर्न सहकारी क्षेत्रपछि परेको छ ।’
सीईओ सापकोटाले भने,‘अब हामी ससदस्यलाई सदस्यको रुपमा मात्र नभएर उनीहरुको क्षमता वृद्धि गरी संस्थाको नेतृत्व गर्ने काम गर्दैछु ।
हाम्रो संस्था देशमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय स्थितरमा जोडिएको यो क्षेत्रमा गर्न इच्छु हुनेहरुलाई सहयोग गर्न सक्नेछ। नेफ्स्कुनले विभिन्न सहकारीमा ११ अर्ब लगानी गरी रहेको छ ।
नयाँ प्रविधिसँग जोडिन र प्रस्तिपर्धी बनाउन ६० वटा सहकारीसँग नयाँ प्रविधिमा नेफ्स्कुनले काम गरी रहेको उनले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालले नेपालमा रोजगारी गर्नेहरुको एकिन तथ्यांक नहुँदा राज्यलाई सेवा सुविधा दिन समेत समस्या भएको बताए ।
यसका लागि सरकारले तथ्यांक संकलन गर्न नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको उनले जानकारी दिए ।
तथ्यांक नहुँदा सरकारलाई बजारमा कति श्रम शक्ति छ भन्ने प्रश्न आइरहेको उनले बताए । यसको सम्बोधन गर्न मन्त्रालयले आगामी आर्थिक वर्षको साउनदेखि नेपाल एककिकृत राष्ट्रिय रोजगारी तथ्याकं प्रणालीको सूरुवात गर्न लागेको सचिव रिजालले जानकारी दिए ।
यो प्रणाली सातै प्रदेशमा लागु हुने उनले बताए ।
यस्तै सामान्यत रोजगारी भनेपछि सरकारी जागिर गर्ने अन्य संघ संस्था निजी कम्पनीहरुमा काम गर्नेहरुलाई बुझ्ने गरिन्छ । यो रोजगारीको पनि परिषाभा र व्याख्या गर्ने गरी मन्त्रालयले काम गरी रहेको सचिव रिजालले जानकारी दिए ।
सचिव रिजालले नेपालमा धेरै कामको सम्मान नगर्ने हुँदा पनि वेरोजारी संख्या वृद्धि भएको बताए । सरकारले विभिन्न प्रदेशमा गरेको रोजगार मेला समेत त्यो दृश्य देखिएको उनले जानकारी दिए ।
उनले भने,‘सरकारले गरेको पोखरामा गरेको रोजगार मेलामा १ हजार ३ सयले बेरोजगार भएको नाम लेखेको तर पछि रोजगारी गर्न भने केही पनि उपस्थित भएनन् । त्यहाँ विभिन्न पलम्बर,होटल लगायतका क्षेत्रका लागि काम थियो । पछि बेरोजगार छु भनेर काम गर्न आएनन् ।
काम प्रतिको सम्मान र कामको सुनिश्चितता नहुँदा पनि काम गर्न नआएको हुन सक्ने उनले बताए । कामको सम्मान हुने हो भने देशमै पनि धेरै रोजगारीका अवसर रहेको उनले बताए ।
होटल, औद्योगिक क्षेत्रमा नै अहिले काम गर्ने जनशक्तिको अभाव भएको भन्ने उद्योगी व्यवसायीबाट गुनासो आउने गरेको सचिव रिजालले जानकारी दिए ।
पहिलो पटक राष्ट्रिय सहकारी महासंघद्धारा आयोजना गरेको सहकारी रोजगार मेला–२०८१ आयोजना गरेको हो । मेला यहि असार ७ देखि सुरु भइ यहि ९ गते समापन हुने छ । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ ।
महासंघका अनुसार हाल ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको छ । मेलाको मुल्य उद्देश्य विदेश पलायन हुने युवा रोक्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउने रहेको छ ।
उत्पादन तथा सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान मेलाको आयोजना गरेको हो । सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योदान गर्ने विश्वास महासंघको छ ।
For more Information: Co-operative attraction area employment