क्लासिक टेकको इन्ट्रानेट सेवा पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्ग सम्म उपलब्ध

Classic Tech
२२ भदौ २०७७, काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि. ले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तार गर्ने क्रमलाई तिब्रता दिएको छ । कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ-संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
क्लासिक टेकले  पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा बिस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्म सेवा बिस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको छ । इन्ट्रानेट सेवा विशेष गरि बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर माग-अनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय  र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनिय बनाउनेछ । पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुन पिसिआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिईरहेको छ ।
कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ । हामीले अहिलेको कठिन परिस्थितीमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं, हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं, कम्पनीका प्रतिनिधिले भने ।
नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी मध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभए पनि सो  स्थानमा सोलार प्रणाली-मार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ ।
यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।
यसका साथै क्लासिक टेकले यस भन्दा पनि कठिन र दूर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको छ र जस्तोसुकै  कठिन परिस्थितीमा पनि सेवाग्राहीहरुलाई सेवा गर्न सँधै तत्पर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here