क्यान महासंघ रुपन्देहीको आयोजनामा वेबिनार सम्पन्न

CAN FEDERATION RUPANDEHI
Share It On:

२१ भदौ २०७७, काठमाडौं ।

क्यान महासंघ रुपन्देहीको आयोजनामा “ICT as an enabler: In the context of COVID 19” (कोभिड १९, सुचना प्रविधिको सान्दर्भिकता) बिषयक वेबिनार भव्यताका साथ सम्पन्न  भएको छ । सनिवार अनलाइन जुम मार्फत कार्यक्रममा प्रमुख अतिथि क्यान केन्द्रीय अध्यक्ष नवराज कुवर, बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी महादेव पन्त ज्यु उपस्थितिमा भएको उक्त कार्यक्रम क्यान रुपन्देहीका अध्यक्ष रामदेव गौतमको सभापतित्वमा भएको थियो ।

CAN RAPANDEHI EVENT

उक्त कार्यक्रम मा सूचना तथा प्रविधि प्रतिष्ठान प्रदेश न. ५ का कार्यकारी निर्देशक ई. अनुप बास्कोटा, रोमकान्त पाण्डे, स्काई इन्टरनेसनल कलेजक प्राचार्य ई. सन्जिब भण्डारीले आफ्नो स्लाईड मार्फत covid-19: सूचना प्रविधिको सान्दर्भिकता बिषयमा मुख्य वक्ताको रुपमा रहनु भएको थियो भने, वेबिनारमा क्यान महासंघ केन्द्रिय सदस्यहरु, क्यान महासंघ प्रदेशका सदस्यहरु, क्यान महासंघ जिल्ला कार्य समितिका सदस्यहरु लगाएत पत्रकार र विभिन्न ICT क्षेत्रमा आवद्ध २०० जना भन्दा बढिको सहभागीता रहेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *