२५ गते भित्र कर नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक

Internet service industry

२५ भदौ २०७७, काठमाडौं ।

कोरोनाभाइरस महामारीको नियन्त्रण गर्न र आममानिसको ज्यान जोगाउन भनेर सरकारले गत चैत ११ गते लगाएको बन्दाबन्दी विभिन्न स्वरुप र ढााँचामा अहिले पनि जारी छ । यस अनुसारले व्यापार तथा व्यवसाय प्रभावित भएको ६ महिना भन्दा बढी भइसकेको छ ।

उद्योगहरु १५ देखी २५ प्रतिशत क्षमतामा चलेका छन् भने कतिपयलाई कच्चा पदार्थ तथा मानव स्रोत जुटाउन हम्मे छ । यसले व्यावसायीको लगानी जोखिममा परको छ भने लाखौं रोजगारी प्रभावित बनेका छन् ।

नेपालभर केहि हप्तादेखि विभिन्न प्रकारका निषेधाज्ञाका कारण आर्थिक गतिविधि संचालन ठप्प ररिहेको परिप्रेक्षमा २५ गने भित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेका जरिवाना लाग्ने व्यवस्था अब्यवहारिक रहेको र यसमा सहुलियतपुर्ण ब्यवस्था गरिदिन समेत क्यान महासंघले सरकारसगँ अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here