क्लासिकटेकमा टिकटक सँधै भरी ठिकठाक, ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न कम्पनीको अनुरोध

https://np.ictframe.com/classic-tech-tiktok-server/

१३, भदौ २०७७, काठमाडौं ।

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ। नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् । जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ ।

हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढे सँगै जुलाईको अन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिर आएका छन् ।

अन्य इन्टरनेट सेवा प्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भए पनि क्लासिकटेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाईरहेका छन् । उत्कृष्ट इन्टरनेट सेवा प्रदान गरिरहेको क्लासिकटेकले ग्राहकहरुको माग अनुसार आफ्नो प्राविधिक क्षमतालाई चुस्त र दुरुस्त राख्दै आएको छ ।

सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिकटेकका ग्राहकहरुे सहज रुपमा नै टिकटक सेवा चलाईरहेका छन् । जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन् ।

यसको लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्डविथ व्यवस्थापन गरिरहेको छ भने अन्तिम प्रयोगकर्ताहरुलाई सहज रुपमा सेवा दिईरहेको छ । कम्पनीसँग अहिले भईरहेको ग्राहक भन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको छ ।

यस बाहेक कम्पनी सँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साता भित्रै कम्पनीमा आईपुग्नेछन् ।

‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन, अहिले पनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवा ग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ क्लासिकटेकले भनेको छ।

कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here