एनसेललाई तीन महिनामै पौने ५ अर्बको घाटा

Ncell suffers loss

१३, भदौ २०७७, काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी भारी मात्रामा गुमेको छ ।आजियाटाले प्रकाशित गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार एनसेलले सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । तर यस वर्षको सोही अवधिमा भने एनसेलको आम्दानी घटेर ९ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ । कोभिड महामारीले गर्दा कम्पनीले तीन महिनाको अवधिमा मात्रै ४ अर्ब ७८ करोड ६० लाख रुपैयाँ घाटा व्यहोर्नु परेको हो ।

कम्पनीको पहिलो त्रैमासिकको आम्दानीमा समेत गिरावट देखिएता पनि गत वर्षको पहिलो तीन महिनामा १३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ आम्दानी रहेकोमा चालु वर्षको सोही अवधिमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ मात्रै कमाई भएको थियो । यस हिसावले कम्पनीले पहिलो त्रैमासिक अवधिमै एक अर्ब ४८ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरिसकेको थियो।

Author: रमेश बि सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here