दूरसञ्चारप्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली २०७७

NTA BRINGS INFORMATION SECURITY BYLAWS
Share It On:

१५, भदौ २०७७, काठमाडौं ।

नेपाल दूरसञ्चारप्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली २०७७, अबसेवा प्रदायकहरुले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने । 

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरिटी अडिट गर्नुपर्ने भएको छ । प्राधिकरणले ‘साइबरसुरक्षा विनियमावली २०७७’ जारी गर्दै अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था गरेको हो ।

nta cybersecurity bylaws

विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले ३/३ महिनामा आन्तरिक सेक्युरिटी अडिट गर्नुपर्ने व्यवस्था रहेको छ भने प्रत्येक ६ महिनामा सेवा प्रदायकहरुले त्यस्तो सेक्युरिटी अडिट रिपोर्ट दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने भनिएको छ।

उक्त साइबर सुरक्षा विनियमावलीमा जनरल सेक्यूरिटी मापदण्ड तथा प्राक्टिस, डेटा सेक्युरिटी तथा प्राइभेसी, इन्फरमेसन सिस्टम अडिट, क्लाउड सेक्युरिटी, पूर्वाधार तथा नेटवर्क सेक्युरिटी, कोर सेक्युरिटी सिस्टम, एप्लिकेसन सेक्युरिटी, सर्ट रेस्पोन्स, इन हाउस सेक्युरिटी अपरेसन सेन्टरको स्थापना, साइबर सेक्युरिटी सम्बन्धि जनचेतना र क्षमता अभिवृद्धि लगायतका विषय समेटिएका छन् ।

Author: रमेश बि. सी.


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *