असोज ३, काठमाडौं ।
असोज २ गते कम्प्युटर एशोसिएशन नेपाल महासंघ प्रदेश न. २ को तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन बिरगंज को होटेल भिष्वा मा प्रदेश अध्यक्ष हेमन्त चौरसिया ज्यु को प्रमुख आतिथ्यमा भएको थियो |
उक्त कार्यक्रम मा बिशिस्था अतिथिमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवर, अतिथिमा केन्द्रीय सचिव श्री नारायण थापा, केन्द्रीय सह कोषाध्यक्ष शेखर दुलाल प्रदेश न. २ का केन्द्रीय सदस्य दिपेन्द्र राज सिंह, भुपाल दस श्रेष्ठ , केन्द्रीय सदस्य अशोक बाबु राना, प्रदेश ५ का अध्यक्ष सुदिप शर्मा, चितवन साखा का निर्बर्तमान अध्यक्ष भानु शर्मा, रुपन्देही का निर्बर्तामन अध्यक्ष नारायण श्रेष्ठ , कपिलबस्तु का निर्बतमान अध्यक्ष माधव घिमिरे , रुपन्देही का अध्यक्ष रामदेव गौतम, उपाध्यक्ष बीरबहादुर क्षेत्री, सचिव जीवन अधिकारी, कोषाध्यक्ष सुबाश घिमिरे, प्रदेश न. २ जिल्ला का निर्बतमान अध्यक्ष धनन्जय महतो, आलोक चौरसिया, प्रविन साह त्यसै गरि क्यान पर्सा का अध्यक्ष दिपक साह, बारा का करवाहक अध्यक्ष बिनोद साह, सर्लाही का नरेश दास , धनुषा का संजय साह, सिरह का नरेन्द्र सिंह आदि को उपस्थिति थियो |
उक्त कार्यक्रम मा क्यान पर्सा का निर्वर्तमान अध्यक्ष आलोक कुमार चौरसिया ज्यु लाई प्रदेश अध्यक्ष को रुपमा सर्वसम्मतिले निर्वाचित गरेको थियो | त्यसै गरि उपाध्यक्ष मा धनुषा का अकुल कुमार साह, सचिव मा सिरह का निवर्तमान अध्यक्ष धनन्जय महतो, सह सचिवमा धनुषा का गौतम जैसवाल, कोषाध्यक्षमा बारा का बिनोद कुमार साह र सदस्यमा सर्लाही का विजय कुमार निर्वाचित हुनुभएको थियो |
उक्त कार्यक्रम को निर्वाचन अधिकृत मुरली मनोहर तिवारी, इमामुदीन अहमद तथा रयज आलम को समिति ले गरेको थियो | प्रदेश अध्यक्ष निर्वाचित चौरसिया ले अब आउने २ वर्षा मा आफुले सम्पूर्ण जिल्ला मा आई टि को बिकाश को लागि लागिपर्ने तथा प्रदेश न २ लाई देश कै आई टि प्रदेश को रुपमा चिनाउने जमर्को गर्नु भएको थियो | साथै सबै प्रदेश जिल्लाहरु आउने दिनमा मिलेर जानु पर्ने कुरामा पनि जोड दिएका थिए |