ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डबाट पुनः जुनसुकै पीओएस मेशिन मार्फत कारोबार हुने

Global-IME-Banks-cards-can-be-used-in-any-chip-based-POS-machines

काठमाडौँ, २ असोज ।

ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (POS)  मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।

यस सँगै बैंकको डेबिट (Debit), क्रेडिट (Credit) तथा प्रिपेड (Prepaid) कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल (POS) मेशिनहरुबाट कारोबार गर्न सक्नेछन् ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।

बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ ।

बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here