ओपोद्वारा नेपालमा ३३वाट फ्ल्याशचार्ज सुसज्जित एफ१९ को विक्रि आरम्भ

OPPO F19 Price Nepal

७ वैशाख २०७७, काठमाडौं ।

वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमाएफ१९को विक्रिआरम्भ गरेको छ । एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “टे«ण्डसेटिङ” पुस्तालाई ध्यानमा राखिगरिएको छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ । यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्ने तिर पनि विशेष ध्यान दिइएको छ ।

“एफसिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पुर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरुका लागि गरिएको हो । दिनभर फोनको प्रयोग,विनाकुनै रुकावतगर्न सकियोस् भन्ने सोचका साथ यसमा ३३वाट फ्ल्याशचार्ज सुविधा सहितको ५ हजार एमएएचक्षमताको ब्याट्री जडान गरिएको छ । साथै, उपभोक्ताका आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च (होल डिस्प्ले,त्यो पनि पातलो बडी डिजाइनका साथमा दिइएको छ । ओपो एफ१९ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ । विशेषगरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका यूवावर्ग माझ यो फोन निकै लोकप्रिय हुनेमा हामी विश्वस्त छौँ ”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

सुपर स्मूथ परफरमेन्स

खेल होस् वाकाम, हरेक क्षेत्रमा उच्च उपलब्धि चाहने प्रयोगकर्ताहरु लाई ध्यानमा राखि यो फोनको डिजाइन गरिएको छ । फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसरको प्रयोग गरिएको छ । एफ१९मा स्मूथ परफरमेन्सको सुनिश्चितताका लागि क्वालकम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ । फोनमा ६ जीबी ¥याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ । दिनभरको चिन्ता रहित प्रयोगका लागि फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधि पनि उपलब्ध छ । चार्जिङका लागि लाग्ने समयमा सक्दो कटौती होस् भन्ने सोचका साथ फोनमा ११भीथ्रीए सोल्यूशनका साथमा मात्र ७२ मिनेट मै पूर्ण चार्ज वा ३० मिनेटमै ५४% चार्ज भर्ने क्षमता सहितको ३३वाट फ्ल्याशचार्ज प्रविधि पनि दिइएको छ । साथै, समय नहुँदामात्र ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५.७३ घण्टा कलिङ, १.३७ घण्टा ईन्स्टाग्राम र १.८१ घण्टा यूट्यूबको मज्जा लिन सक्छन् ।

उत्कृष्ट शट्स

ओपो एफ१९ ले प्रयोगकर्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रका अत्याधुनिक प्रविधिहरुको मज्जा लिने अवसर प्रदान गर्छ । फोनमा जडित ४८एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा मार्फत प्रयोगकर्ताले स्पष्ट सेल्फी तथा उत्कृष्ट भिडियो रचनात्मकता झल्काउँदै खिच्न सक्छन् । मेन क्यामेराका साथै फोनमा २ एमपी डेप्थ क्यामेरा र २ एमपीमाक्रो क्यामेरा पनि जडान गरिएका छन् । आफ्ना पोट्रेट्स, डेलीलाईफ, टेक्स्चर लगायत आफ्ना शट्सलाई अझ आकर्षक देखाउन फोनमा १५ आकर्षक फिल्टर्सको ब्यवस्था पनि रहेको छ । तस्विरमा अझ सटिक परिमार्जनका लागि एफ१९ मा एआई सिन ईन्ह्यान्समेन्ट फिचरको ब्यवस्था पनि छ । रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदानगर्न यसमा नाइट मोड पनि दिइएको छ ।

एफ१९मा सेल्फीकालागि १६एमपीएआई सेल्फीक्यामेरा जडान गरिएको छ । यसले परिवेश अनुसारको प्रकाश समायोजनका साथै स्किन टचअप तथामानिसमा रहेका प्राकृतिक सुन्दरताझल्काउन सघाउन हल्का मेकअप ईफेक्टपनि प्रदान गर्छ ।

ओपो एफ१९ मा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर्स पनि उपलब्ध छन् । यसमा जडित रियर क्यामेरा मार्फत १०८० पीवा ७२० पीको स्टिडी भिडियो ३० एफपीएस सहित खिच्न सकिन्छ । त्यसैगरी, यसमा रहेको स्लो (मोले भिडियोमा हल्का नाटकिय पन थप्न १२० एफपीएसमा ७२०पी को स्लो मोशन भिडियो खिच्ने क्षमता राख्छ । त्यसै गरी, भिडियो सम्पादनमा सघाउँदै स्वचालित रुपमा सामाजिक सञ्जालमा सहजै उत्कृष्ट भिडियो शेयरिङमा सघाउने सोलुप फिचर पनि फोनमा उपलब्ध छ ।

आकर्षक स्लिक बडी

शक्तिशाली प्रोशेसर र ठूलो ब्याट्री भएता पनि ओपो एफ१९ ले सबैलाई स्लिम, वेलक्राफ्टेड, आकर्षक बडी डिजाइनमा समाहित गर्न सफल देखिन्छ । परफरमेन्सका साथै यसमा रहेको थ्रीडी कभ्र्ड ग्रिपले प्रयोगकर्तालाई फोन बोक्दा पनि उत्तिकै सहजता र आरामदायिताको अनुभव प्रदान गर्छ । फोनको चौडाई जम्मा७.९५ एमएम र वजन १७५ ग्राम रहेको छ । यसमा प्रयोग गरिएको डाई(कास्टिङ आलुमिनियम अलोइ प्रविधिका कारण मदरबोर्डको सबैभन्दा चौडा भाग समेत जम्मा ०.२१ एममम चौडाईको रहेको छ ।

फोनमा रहेका तीन क्यामेरालाई कम्पनीले अधिकांश फ्ल्यागशिप स्मार्टफोन्समा पाईने अत्याधुनिक डिजाइन ट्रेण्डलाई दृष्टिगत गर्दैै रेक्ट्यांगुलर ओरियन्टेशनमा समायोजन गरेको छ । क्यामेराको डेकोरेटिभ पिसमा पछिल्ला पुस्ताका तुलनामा थप परिमार्जित साना कोणका गोलाकार कर्नर सहित डिजाइन गरिएको छ । साथै, यी डेकोरेटिभ रिंगले सुदृढ टेक्स्चरका साथै फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । एफ१९ प्रिज्मब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकषक रंगमा उपलब्ध गरिएको छ । यसको मिडल फ्रेमको निर्माणमा प्रयोग गरिएको भ्याक्यूम प्लेटिङ प्रक्रियाले फोनको प्रिमियम, मेटालिक अझ सुन्दर र सार्पर देआउन सघाएको छ ।

ओपो एफ१९मा अल्ट्रा(हाई रेजोल्यूशन सहितको एमोलेड एफएचडी+ पञ्च(होल डिस्प्लेको प्रयोग गरिएको छ । यसमा उपलब्ध गरिएको अल(डे केयर फिचरको सुविधाले प्रयोगकर्ताका आँखालाई गेमिङ वा भिडियोको मज्जालिई रहेका बखतमा समग्र सुरक्षा प्रदान गर्छ ।

ओपो एफ१९ मा दिइएको ९०.८% अल्ट्रा (हाई स्क्रिन(टू-बडी रेसियो सहितको १६.३४ सीएम स्क्रिनले २४०० × १०८० पी रेजोल्यूशन दिन्छ । स्क्रिनले ओगट्ने स्थानमा कमी हुन नदिन यसमा एकदमै पातलो १.६० एमएम बेजल सहितको ३.६८८ एमएपञ्च (होल क्यामेराको प्रयोग गरिएको छ । क्यामेरा बेजलको चारैतिर फोन उठाउँदा तथा फ्रण्ट क्यामेराको प्रयोग गर्दा लाइट फाल्ने, होल पञ्च लाइट रिंग जडान गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले ठूलो स्क्रिनमा आफूलाई मनपर्ने टीभी शो वामोबाइल गेमको पूर्ण मज्जालिन सक्छन् । साथै, फोनमा प्रयोगकर्ताको सहजताका लागि ईन(डिस्प्ले फिंगरप्रिन्ट ३.० पनि दिइएको छ ।

ओपो एफ१९ मा प्रयोगकर्ताका आँखाको सुरक्षार्थ समय तथाप्रयोग संगै स्वचालित रुपमा स्क्रिन ब्राइटनेश मिलाउने क्षमता बोकेको एआई स्मार्ट ब्याकलाइटको ब्यवस्था गरिएको छ । त्यसैगरी, यसमा रहेको डीसी डिमिङले स्क्रिनको ब्राइटनेस २०४८ डिमिङ लेभलसम्म समायोजन गर्दै स्क्रिन फ्लिकरिङ हुन रोक्छ ।

सुरक्षित आनन्ददायी अनुभव

ओपो एफ१९मा शक्तिशाली ब्याट्रीका साथै प्रयोगकर्ताको गोपनियताको सुरक्षा तथा फोनको अवस्था सही राख्न समेत सघाउने फिचर्सहरुको राम्रो प्रबन्ध मिलाइएको छ । ब्याट्री सकिने चिन्ताबाट जोगाउन फोनमा सुपर पावर सेभिङ मोडको ब्यवस्था गरिएको छ । यसले ब्याट्री लामो समयसम्म टिकाउन अनावश्यक प्रोशेसहरु बन्द गर्दै सीपीयू फ्रिक्वेन्सी तथा एप्सका ब्याकलाइट समायोजनमा सघाउँछ । उदाहरणका लागि फोनका म्यासेजिङ एपहरु डार्कमोडमा स्विट्च हुन्छन् । जसले गर्दा मात्र ५% ब्याट्री बाँकी रहँदा पनि प्रयोगकर्ताले २.७ घण्टाको टक टाइम, १.३ घण्टा ह्वाट्सएप लगायत प्रयोग गर्न सक्छन् ।

रातीफोन चार्ज गर्न बिर्सिने चिन्ताले कुनै न कुनैबेलाहामी सबैलाई पिरोलेको यादगर्नुस् त । यसको समाधानका रुपमा ओपोले सुपर नाइट टाइम स्ट्याण्डबाई मोडको ब्यवस्था गरेको छ । यो मोडले प्रयोगकर्ताका सुत्ने बानीका बारेमा जानकारी राख्दै ८ घण्टाको स्ट्याण्डबाई समयमा मात्र २% ब्याट्री खपत गर्छ । त्यसैगरी रातभर फोन चार्जमा राख्दा फोन तात्ने सम्भावनाबाट जोगाउन यसमाएआई नाइट चार्ज फिचरको ब्यवस्था छ । यो फिचरले फोनलाई ८०% सम्म चार्ज गरिसके पछि स्वचालित रुपमा बाँकी चार्जका लागि प्रयोगकर्ता उठ्नु ठिक ६० मिनेट अघि पूणः चार्जिङलाई निरन्तरता दिन्छ । फोनले प्रयोगकर्ताको सुत्ने समय अनुसार आफूलाई समायोजन गर्दै सुतिरहेको बखतमा चार्जिङका कारण हुन सक्ने सम्भावित खतराको चिन्ताबाट समेत राहत दिन्छ । साथै, तापमानको नियन्त्रणका लागि फोनमा ग्राफाइट ट्यूब्सको पनि प्रयोग गरिएको छ । यसले तापक्रम नियन्त्रणमा सघाउनुका साथै ब्याट्रीका आयू समेत लम्ब्याउन सघाउँछ ।

फोनमा प्रयोग गरिएको कलर ओएस ११.१ ले प्रयोगकर्ताका ब्यक्तिगत डाटा तथा गोपनियताको सुरक्षार्थ फोनमा एप लक, प्राइभेट सेफ लगायत फिचर्स पनि उपलब्ध गरिएका छन् । ओपो एफ१९मा लो ब्याट्री एसएमएस, अलसिनेरियो एसओएस, एसओएस सिग्नल लाइट लगायत अन्य सुरक्षा फिचर्स पनि उपलब्ध छन् ।

ओपो एफ१९ मा फोनलाई ल्याग हुने समस्याबाट जोगाउन क्वालकम स्न्यापड्रागन ६६२को ब्यवस्था गरिएको छ । साथै सामाजिक सञ्जाल तथा गेमिङमा ब्यापक मज्जाका लागि ट्यापिङ र स्वापिङ प्रतिक्रियामा तिब्रताका लागि यसमा हाईपर बुस्ट फिचर पनि दिइएको छ । त्यसैगरी, पूर्ण रुपमा गेमिङको मज्जाबिना रुकावत लिन चाहनेहरुका लागि गेम फोकस मोडको ब्यवस्था छ । यसले ईनकमिङ कल्स ब्लकगर्दै नोटिफिकेशले ध्यान भंग हुन दिँदैन । तर, अत्यावश्यक म्यासेज आउने सम्भावना हुने हरुले छानिएका केही एप्स मार्फत मात्र क्रिटिकल नोटिफिकेशन तथ म्यासेज, गेम स्क्रिन माथि प्रेशित गराउनबुलेट नोटिफिकेशन र गेम फ्लोटिङ विन्डो फिचरको प्रयोग गर्न सक्छन् ।

बजार उपलब्धता

ओपो एफ१९ प्रिजम ब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । ६ जीबी ¥याम र १२८ जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक यसको मूल्य रु. ३४ हजार ५ सय ९०निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here