अब QFX Movie को मुभी टिकट ५० Seconds मै खल्ती बाट किन्नुहोस्

Buy-QFX-Movie-Tickets

२९ साउन २०७९, काठमाडौं।

खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्स संग साझेदारी गरेको छ। अब खल्ती प्रयोगकर्ताले ५० seconds मै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ।

यसअघि क्यूएफएक्स को मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरि वा क्यूएफएक्स को एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्।

साथै क्यूएफएक्स को एपर वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिनेछ।

खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्स को गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ।

साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाता बाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन्।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने:

“खल्तीलाई हामी हरेक नेपालीको जीवनसैलिको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेको छौं। मनोरंजन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं।

खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ।”

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ।

करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार  एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ।

यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन दिई आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here