बाइबल कलेजका कर्मचारीमाथि निर्मम कुटपीट, अध्यक्ष मंगलमान भने विदेश भम्रणमा मस्त

Bible College

९ कात्तिक, काठमाडौँ ।

सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बाेड सदस्यबाट कुटपीट भएको छ ।

सन् १९९५मा विद्यार्थीको रुपमा प्रवेश र २०१६ बाट भने मिशन कोरडिनेटर र अहिले लाइबे्ररी डिपार्टमेन्ट कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले कलेजका र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पुर्ण लामाको समुहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४÷५ जनाको समूहले कुटपीट गरेका छन् ।

कुटपीट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा संचालन भएको होप चर्चका डिकन हुन् भने भारतीय व्यक्ति प्रकाश लामा प्रिन्सिल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर तथा नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पास्टर मंगलमान महर्जन हुन् ।

प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने वहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको जानकारी दिएको छ ।

राजेश जोशीको समुहको कुटपीटबाट हाल सोम लामा सिकिस्त छन् । चियाको वहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समुहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफनो कुरा राख्न खोज्दै थिए, एक्कासी मलाई राजेश र उनको समुहले हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन्,’ पीडित लामाका अनुसार र्बोड सदस्य राजेश जोशी, सविना थापा र प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई ज्यान मार्ने धम्की दिएका छन् भने उनीहरुले सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको बताए ।

सुनियोजित रुपमा ज्यान लिने तरिकाले कार्यालय परिसरमा लाठी तथा हतियारको प्रयोगद्धारा आफनो दाईमाथि कुटपीट भएको र कुटपीटबाट उनको शरीरमा निलडाम छ भने उनको शारीरिक अवस्था निकै गम्भिर रहेको उनका भाई सुरेश कुमार योञ्जनले जानकारी दिए ।

घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझदा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकिय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानवीन गरेर दोषीलाई आवश्यक कारवाही गर्ने आश्वासन दिएको केही दिन बित्न नपाउँदै हाल उनी इन्डोनेसिया भ्रमणमा छन् ।

इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नपालका संस्थापक अध्यक्ष साइमन पीटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले समग्र ख्रीष्टियन समुदायमा यसले चिन्तित् बनाएको र समाजसँगको सम्बन्धमा पनि नकरात्मक असर पारेको बताउनुभयो ।

पीडित सोम लामाले कुटपिट गर्नेहरु विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायर गर्ने जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

कानुुन नहुँदा धार्मिक प्रयोजनको लागि खरिद गरेको जग्गामा व्यक्तिको रजाँई 

नेपालमा इसाईहरुमा ईश्वरशास्त्रीय अध्ययनमा सहयोग गर्ने उदेश्यले सन् १९८६ मा कोरियन प्रेसबेटरियन चर्चका रुपमा साउथ कोरियाकोतर्फबाट नेपालमा पहिलो मिशनरीका रुपमा आउनुभएका डा. संग हो ली ले ललितपुरको सुनाकोठीमा नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीको स्थापना गर्नुभयो ।

डा. लीले तत्कालिन अवस्थामा बाइबल कलेजको प्रयोजनका लागि भन्दै ६ रोपनी ३ आना जग्गा खरिद गर्ने निर्णय गरे र त्यसबेला लीले पीटरको एकल नाममा सो जग्गा खरिद गर्ने बताए र उनले सो जग्गाको सिमाकंन पनि गरे तर तत्कालिन नेपाल राष्ट्रिय मण्डली संगति एनसीएफका अध्यक्ष एडोन रोगोंग र मंगलमान महर्जनको मिलेमतोमा सो जग्गा आफनो नाममा बनाउनको लागि ठूला षड्यन्त्र गरेको स्रोतको दाबी छ ।

पछि सोही जग्गालाई लिएर साइमन पीटरलाई ज्यान मार्ने समेत धम्की दिएको इतिहास छ । हाल सो ६ रोपनी ३ आना जग्गा मंगलमान महर्जन, राधेश्याम श्रेष्ठ र मुकुन्द कुमार खड्काको नाममा छ तर जग्गाका एक धनी मुकुन्द कुमार खड्काको नशा सम्बन्धी रोगका कारण मृत्य भएपश्चात उनका छोराले जग्गाको हकदावी गरी मुद्धामामीलाबाट २ रोपनी ३ आना जग्गा लगिसकेको बताइएको छ ।

यी त एक प्रतिनिधि उदाहरणहरुमात्र हुन्, उचित कानुन नहुँदा धार्मिक समुदायले प्रयोग गर्दै आइरहेको जग्गा जमिन र सम्पत्तिमा व्यक्तिको रजाँई रहेको छ । यसरी ख्रीष्टियन लगायतका धार्मिक समुदायमा धेरै वर्षदेखि धार्मिक समुदायले प्रयोजन गर्दै आएको जग्गाबारे राज्यले बेखबर भईदिँदा र उचित कानुन नबनाउँदा अहिले यस्ता धेरै विवाद र समस्या आउने गरेको पाइएको छ । धार्मिक समुदायमा विकृति मौलाउँदै गएको यो उदाहरण मात्र हो ।

धर्मनिरपेक्षताको आडमा पछिल्लो समय अल्पसंख्यक ख्रीष्टियन धार्मिक समुहहरुले आर्थिक अपचलन र अपारदर्शीताको जालो फैलाइरहेको ख्रीष्टियन समुदायका विज्ञ जानकारहरु बताउँछन् । एकातिर राज्यको ध्यान नजाँदा लामोसमय देखि धार्मिक सुमुदायका धर्मगुरुहरुले गैरकानुनी रुपमा अशुद्ध तरिकाले सम्पत्ति आर्जन गर्ने र कुनै पनि श्रम लगायतका आर्थिक कारोबार नगरी धन थुर्पानाले देशको अर्थतन्त्रलाई गैरकानुनी तरिकाले लुटिरहेका छन् ।

देशमा कानुन नबन्दाको फाइदा उठाई व्यक्तिको नाममा अकुत जग्गा जमिन, अवैध बैकिंङं आर्थिक कारोबार गर्नाले अन्ततः मुलुकको समग्र अर्थतन्त्रलाई ध्वस्त बनाउने हुँदा कडा कानुन ल्याउन र धार्मिक संस्थामाथि कडाईका साथ अनुगमन गर्न स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार गम्भिर हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here