वीर अस्पतालमा नयाँ नियम: २४ घण्टे ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई अनिवार्य बिदा
१ असार, काठमाडौं।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स), वीर अस्पतालले त्यहाँ अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूको कार्यतालिका व्यवस्थापनका लागि नयाँ नियम ल्याएको छ।
प्रतिष्ठानले एक परिपत्र जारी गर्दै २४ घण्टाको निरन्तर ड्युटीमा खटिने रेजिडेन्ट चिकित्सकहरूलाई ड्युटी सकिएलगत्तै राहत दिने व्यवस्था गरेको हो। सहायक डीन प्रा. डा. विकास विक्रम सिंह अधिकारीद्वारा हस्ताक्षरित परिपत्र अनुसार अबदेखि चिकित्सकहरूले २४ घण्टे ड्युटी पूरा गरेपछि र भोलिपल्ट बिहानको ‘वार्ड राउन्ड’ सकिएपछि अनिवार्य रूपमा बिदा (छुट्टी) पाउनेछन्।
चिकित्सकहरूको कार्यबोझलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र उनीहरूको स्वास्थ्यको ख्याल राख्न यो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
यो व्यवस्था तत्कालै लागू हुने गरी सम्बन्धित विधाका एमडी, एमएस, एमडीएस तथा डीएम, एमसीएच (MD/MS/MDS & DM/MCh) कार्यक्रमका संयोजकहरूलाई जानकारी गराइएको छ।
For More:-Bir Hospital Resident Doctors



