गायन रियालिटी साे नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने 

Voice to Win Next Nepal Star

१ पुस २०७७, काठमाडौं ।

लाेकप्रिय टेलिभिजन गायन रियालिटी साे नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने भएकाे छ । स्प्याराे एसएमएसले कि एडभर्टाइजिंग सँगकाे सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएकाे हाे ।

नेपाल स्टार नेपालको गायक छनाैट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीकाे प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् ।

आफूलाई मन परेकाे प्रतिस्पर्धीलाई भाेट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा NS <Voting Code> टाईप गरि 33001 मा पठाउनु पर्ने छ ।

स्प्याराे एसएमएसले  एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here