एनआईसी एशिया बैंकले पायो बेष्ट इन डिजिटल बैंकिङ अवार्ड

Best Digital Banking Award
Share It On:

११ भदौ, काठमाडौं ।

दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्डअन्तर्गतको सर्वोत्कृष्ट डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले प्राप्त गरेको छ ।

Best in Digital Banking Award

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैैंकिङ सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रूपान्तरण गरिरहेका समय प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा मिलेको बैंकले जनाएको छ ।

इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड्सअन्तर्गत गत अगष्ट २३ भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ-२०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

यस अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरूका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।

Best in Digital Banking Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *