एनपीएलका ७ टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको विशेष क्यान सार्वजनिक
१० कात्तिक, काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान सार्वजनिक गरेको छ। काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका समर्थकहरूले अब आफ्नो मनपर्ने टोलीको पहिचान अंकित क्यान नजिकैको बिक्री केन्द्रबाट खरिद गरी आफ्नो समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्न सक्नेछन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक दिनप्रतिदिन बढ्दो छ। क्रिकेट प्रेमीहरूले आफ्नो मनपर्ने टोलीलाई विभिन्न तरिकाले समर्थन गर्दै आएका छन्क सैले टिमको जर्सी लगाएर, कसैले झन्डा फहराएर त कसैले स्टेडियममै पुगेर चर्को हुटिङका साथ।
अब यो समर्थनलाई अझ खास र ऊर्जावान् बनाउन एक्स्ट्रिम इनर्जी ड्रिङ्क (Xtreme Energy Drink) ले नयाँ तरिका ल्याएको छ।
एक्स्ट्रिमले एनपीएलका सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान (Special Edition Cans) बजारमा सार्वजनिक गरेको छ।
प्रमुख टोलीसँग एक्स्ट्रिमको प्रायोजन साझेदारी
एनपीएलमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले विभिन्न टोलीहरूसँग बलियो प्रायोजन साझेदारी गरेको छ:
मुख्य प्रायोजक (Main Sponsor): काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स।
जर्सी प्रायोजक (Chest Sponsor): पोखरा एभेन्जर्सको जर्सीको छातीमा एक्स्ट्रिमको लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ।
क्रिकेट प्रेमीका लागि समर्थन दर्शाउने नयाँ माध्यम
क्रिकेट प्रेमीहरूका लागि आफ्नो फेभरेट टिम एउटा नाम मात्र नभएर भावना र विश्वासको प्रतीक हो। मैदानमा प्रत्येक रन र विकेटसँगै समर्थकको धडकन ठोकिन्छ। यही भावनालाई सम्मान गर्दै एक्स्ट्रिमले क्रिकेटको उत्साहलाई केवल मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्याउने प्रयास गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, “अब एक्स्ट्रिम इनर्जी ड्रिङ्क पिउनुमा मात्र सीमित रहने छैन। यसको प्रयोग आफ्नो मनपर्ने टिमप्रतिको माया, समर्थन र क्रिकेटप्रतिको लगाव व्यक्त गर्ने माध्यम बन्नेछ।”
कहाँ उपलब्ध छ?
नेपाली समर्थकहरूले आफ्नो नजिकैका किराना पसल, सुपरमार्केट तथा बिक्री केन्द्रहरूबाट आफ्नो मनपर्ने टिमको लोगो अंकित एक्स्ट्रिम क्यान खरिद गर्न सक्नेछन्।
For more: Xtreme Energy Partnered 7 NPL Teams

