बालेन्द्र शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठनको प्रारम्भिक खाका सार्वजनिक: स्वर्णिम वाग्ले अर्थ र सोविता गौतम कानुनमन्त्री
१३ चैत, काठमाडौँ।
बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने नयाँ मन्त्रिपरिषद् गठनको प्रारम्भिक खाका र मन्त्रीहरूको नामावली सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू र शाहबीच भएको छलफलपछि मन्त्रिमण्डलको टुंगो लागेको रास्वपाले जनाएको छ।
प्राप्त विवरणअनुसार नवनियुक्त मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी समेत आफैँसँग राख्ने भएका छन्।
महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी
नयाँ खाका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई दिइने भएको छ। त्यसैगरी, गृह मन्त्रालयको कमान सुधन गुरुङले सम्हाल्ने तयारी छ भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ। युवा नेतृ सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ।
कुन मन्त्रालय कसलाई?
यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम
बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
शिशिर खनाल, परराष्ट्र मन्त्रालय
सोविता गौतम, कानूनमन्त्री
विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
सुधन गुरुङ, गृहमन्त्री
प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री
गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
साथै रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन् ।
For More:-Balendra Shah New Cabinet


