सानिमा बैंकको अगुवाईमा ओमस्टोन क्यापिटलको पाँच तारे होटल स्थापना

०८ फागुन २०७६, काठमाडौं ।  

ओमस्टोन एशिया क्यापिटल नेपाल प्रा.लि (ओए सीएन पिएल) ले धुलिखेलमा सुविधा सम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ । दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सह वित्तीय करण अन्तर्गत सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागी भई यही २०७६ फाल्गुन ७गते ऋण सम्झौता सम्पन्न भएको छ । सो परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

ओएसीएन पिएलले दुसित थानी हिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनल सँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्र सँग सम्बन्धित ब्रान्ड हो जुनअहिलेको समयमा तीव्र गतिमा विस्तार भइरहेको छ ।

विगत ६५ वर्ष देखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरुमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् ।

सानिमा बैंकका सातवटै प्रदेशमा हाल ७९ वटा शाखा, ३ एक्सटेन्सन काउन्टरर ७९ वटा ए.टि.एम संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here