उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्मीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौं च्याप्टर, कसरी दिने आवेदन

Apply Now NYEF Kathmandu
Share It On:

 ३२ जेठ, काठमाडौं।

नेपाल युवा उद्यमी मञ्च (#NYEF) काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौं च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो।

विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् ।

हाम्रो उद्देश्य भनेकै उदयमशीलतालाई प्रवर्द्धन गर्ने हो,’ उनले भनिन, ‘त्यसै अनुसार उद्युमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका विद्यार्थीलाई सम्मान गर्दैछौं ।

इमर्जिङ लिडरका लागि विद्यार्थी कालमै उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका उद्यमीले आवेदन दिन सक्ने छन् । आवेदन, उद्यमी स्वंय आफैले वा अरूले पनि दिन सक्ने छन् ।

इमर्जिङ लिडरका लागि आवेदन दिन नोमिनी ३० वर्षभन्दा कम उमेरको नेपालमा आधारित विद्यार्थी हुनुपर्नेछ भने एनवाईईएफको पार्ट नभएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

इमर्जिङ लिडरका लागि आवेदन खुला भइसकेको छ ।

यहाँ क्लिक nyef registrations link गरेर इमर्जिङ लिडरका लागि असार २ गतेसम्म आवेदन दिन सकिने छ ।

प्राप्त आवेदन मध्येबाट सूचना प्रविधि, सामाजिक प्रभाव, शिक्षा, ई-कमर्स र रिटेल, दिगो, वातावरण र कृषि गरेर पाँच विधामा १० जनालाई इमर्जिङ लिडरको रूपमा सम्मान गरिने छ ।

प्रत्येक विधाबाट २ जनालाई सम्मान गरिने छ । प्राप्त आवेदनको आधारमा निर्णायकहरूले उत्कृष्ट विद्यार्थी उद्यमीको छनौट गर्ने बताइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts