भिल द्वारा बाढी प्रभावितका लागि रु. 1 करोड राहत सहयोग
२६ भदौ, काठमाडौं।
एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म “भिल” ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनस्थापना प्रयासमा सहयोग पुयाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. 1 करोड सहयोग गरेको छ।
यो सहयोग बाढी प्रभावित परिवार तथा समुदायका तत्कालीन आवश्यकता पूरा गर्न, अत्याधुनिक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने प्रयासमा सहयोग पुयाउने उद्देश्यले गरिएको हो।
साथै, प्रभावित समुदायले पुनः स्थापित हुँदै सामान्य जीवनमा फर्किन गरिरहेका दीर्घकालीन पुनस्र्थापना प्रयासमा समेत यस योगदानले सहयोग पुयाउने अपेक्षा गरिएको छ।
“भिल” ले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ। कम्पनीले उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरुको प्रयासको पनि प्रशंसा गरेको छ।
आवश्यकताको समयमा समुदायलाई सहयोग गर्नु आफ्नो जिम्मेवारीको महत्त्वपूर्ण हिस्सा रहेको “भिल” ले जनाएको छ। “भिल” का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले यस्तो कठिन समयमा एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्नेमा जोड दिएका छन्।
कम्पनीका अनुसार, “यस्ता कठिन समयमा हामी सबै एकजुट भएर आवश्यकतामा रहेका समुदायको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ। हामीले आफ्नो तर्फबाट मात्र होइन, आगामी दिनमा पनि अर्थपूर्ण रुपमा सहयोग गर्न सकिने उपायहरु खोजिरहनेछौं। त्यो सहयोग सानो प्रयास नै किन नहोस्, त्यसले आवश्यकतामा रहेका व्यक्तिहरु तथा समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ। यस्तो कठिन समयमा एक अर्काको साथमा उभिनु र सहयोग गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।“
“भिल” ले राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सक्ने व्यक्ति, व्यवसाय तथा संघ संस्थाहरुलाई पनि आ-आफ्नो तर्फबाट योगदान गर्न र बाढीबाट प्रभावित समुदायको साथमा उभिन आग्रह गरेको छ।
For more: AI Platform Veel Contributes Rs. 1 Crore

