नेपाल प्रिमियर लिगका सबै खेललाई List A T-20 मान्यता, क्यानद्वारा आधिकारिक पुष्टि
५ कात्तिक, काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) का सबै खेलहरूले List A T-20 को आधिकारिक मान्यता पाएका छन्।
ICC बाट समेत स्वीकृति पाइसकेको यो प्रतियोगिता कात्तिक ९ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। यस निर्णयले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलले List A T-२० को आधिकारिक मान्यता प्राप्त गरेका छन्। क्यानले एक सूचना जारी गर्दै उक्त जानकारी दिएकाे हाे।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एनपीएलकाे तेस्राे संस्करणलाई आधिकारिक मान्यता समेत प्रदान गरिसकेको छ।
यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास नेपाल क्रिकेट संघले लिएको छ। एनपीएल कात्तिक ९ देखि हुँदैछ ।
For more: NPL Season 3 Matches Granted Official List


