‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

Share It On:

२३ पुस, काठमाडौं ।

लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेड बीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीकभुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ।

‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेकोहो। सम्झौता अनुसार, लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दद।

‘क्वीकभुक्तानी’ यस्तो अनलाईन प्लेटफार्र्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता र सप्लायरहरु, ती सामान र सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा जोड्दछ।

सप्लायरले यो प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामान र सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ। यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीकभुक्तानी ’एकदमै सान्धर्भिक र लाभदायक हुने विश्वास लक्ष्मी बैंक तथा एफवान सफ्टले लिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *