सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

२३ पुस, काठमाडौं ।

सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्य द्वारा गरीयो ।

समुद्घाटन् समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दर बस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंक लाई धन्यवादका साथै शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दर बस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गर्नु भयो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्नु भयो ।

समुद्घाटन् समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंक लाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here