सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच सम्झौता

पौष २२ २०७६, काठमाडौं ।

सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फ बाट प्रमुख निक्षेप अधिकृत,श्री बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक श्री विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग कर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोग कर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशत सम्म छुट पाउँन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here