आइएमई पे र निसर्ग अस्पताल बीच सम्झौता

Agreement between IME Pay and Nisarga Hospital Discount up to 25%

१७ जेठ, काठमाडौं । 

‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ % देखि २५% सम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here