७० वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक हुन नपाउने

bank director age
Share It On:

१० चैत, काठमाण्डौं।

अब ७० वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् । अर्थमन्त्री वर्षमान पुनले बिहीबार संसदमा दर्ता गरेको बैंक तथा वित्तीय सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव ल्याएको हो।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकको दफा १८ को उपदफा १ मा २५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको छ।

प्रस्ताविक विधेयक संसद्बाट पारित भई लागू भएपछि २५ वर्ष उमेर नपुगेको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् । विद्यमान बाफिया ऐनले सञ्चालक हुनका लागि न्यूनतम उमेर २५ वर्ष तोकेको भएपनि अधिकतम उमेरहद भने तोकेको छैन ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *