कोसी प्राइड लिग (KPL) को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने
२९ वैशाख, काठमाडौं।
कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करणको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ।
सोमबार एक कार्यक्रमका बीच केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जयराज भण्डारीले प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो । अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।
यस टी-२० प्रतियोगितामा सातवटा फ्रेन्चाइज टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा एभरेस्ट थन्डर्स, नमुना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्स सहभागी रहेका छन्।
आयोजक कोसी प्राइड प्रालिका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ।
For More:-KPL Season 3 Broadcast


