लकडाउनको समयमा मोबाइल फोन बिग्रियो ? चिन्ता नगर्नुस् साथी आउँदैछ

Mobile Drop Nepal

बुधबार, जेठ २८, २०७७

केहि महिनाअगाडि मात्र संचालनमा आएको राइड सेयरिङ्ग एप साथीमार्फत लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ।
साथी एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरिएको हो।
कोभिड १९ महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर भर्खरै संचालनमा आएको राइड सेयरिङ्ग एप साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा शुरु गरेको हो।
विभिन्न मोबाइल कम्पनीहरुका सर्भिस सेन्टरहरुसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टीनभएका मोबाइल फोनहरु घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात फेरी सोहि स्थानमा पुर्याउने सेवा थप गरेको छ।
नयाँ सेवा अन्तरगत कुनैपनि ब्राण्डका मोबाइल फोनहरु मर्मत तथा संभार गर्न गराउन अब सहज हुने भएको छ।
यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरि बिस्तृत जानकारीहरु राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ।
हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र मात्र उपलब्ध रहेको छ भने केहि सयमपछि रिङ्गरोड बाहिरका स्थानहरुका साथसाथै देशभर क्रमश सेवा बिस्तार गरिनेछ।
मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरुबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरुमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कोभिड–१९ को महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरुबिच संक्रमण फैलन सक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा शुरु गरेको जानकारी दिए।
‘हामीले सबैलाई घर वा कार्यालयबाटै मर्मत तथा सर्भिस सेन्टरको सुबिधा लिन सकिने गरि सुरक्षित साथ सेवा दिनेछौं। यसले गर्दा सबैजना भिडभाडमा जानु नपर्ने तथा मर्मतपछि मोबाइल समेत समयमा नै उपलब्ध हुनेछ,’ कार्यकारी अधिकृत रेग्मीले भने।
यस एपको अन्य मुख्य फीचर भनेको राईड सेयरिङ्गका लागि बाईक, स्कूटर र ट्याक्सी बोलाउन सकिनको साथै विभिन्न यात्राको लागि रिजर्भेशन गर्न सकिने छ।
यसका साथै निकट भविश्यमा अफिसका कर्मचारीहरुलाई कार्यालयबाट घरसम्म ल्याउन र पुर्याउने सेवा समेत आउँदैछ। जसमा बस, माइक्रोबस, कार, जिपद्धारा घरबाट कार्यालय पुर्याउने र पुन घरमा नै ल्याउने सेवा हुनेछ।
हाल यो साथी एप गूगलको प्लेस्टोरमा उपलब्ध रहेको छ भने केहि समयपछि एप्पलको एप स्टोरमा समेत उपलब्ध हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here