आइडिया स्टुडियोको चौथो सिजन सुरु

idea studio season 4
idea studio season 4

काठमाडौं, भाद्र ४।

आइडिया स्टुडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलता संग जोडेर उद्यमी बन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने एक उत्कृष्ट माध्यम हो । व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आवीश्कार हुन सक्दछ र त्यसले समाज र राष्ट्रमा नै महत्वपुर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टुडियोका तिनैवटा सिजन सम्पन्न भइसकेका छन, र यो निकै प्रभावकारी साबित भइसकेको छ ।

सन् २०१४ बाट शुरु भएको आइडिया स्टुडियोमा मुलुकभर बाट १५०० भन्दा धेरै आइडियाहरु प्राप्त भइसकेका छन भने ९० वटाभन्दा धेरै आइडियाहरुले सफलतापुर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेका छन। आइडिया स्टुडियोमा आउनु अघि र आइसकेपछि आफ्नो सोच अनुसारको व्यवसायमा आएको परिवर्तन देखेर उद्यमीहरु निकै उत्साही अनि खुसी छन ।

आइडिया स्टुडियो को चौथो सिजन शुरु भएको छ ।चौथो सिजनबारे हालै पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै आइडिया स्टुडियो नेपालका चेयरपर्सन छिरिङ्ग लामाले धेरैको माया, सद्भाव, सुभावना र सहयोगले नै आइडिया स्टुडियोले आज सफलताको यो स्थान लिएको बताउनुभयो । साथै उहाँले सोचलाई उद्योग सम्म पु¥याउने मुख्यनारा बोकेको आइडिया स्टुडियो सामाजिक न्यायको विषयमा सदैव सचेत रहेको पनि उल्लेख गर्नुभयो ।

यस्तै आइडिया स्टुडियोको चौथो सिजनको सहयोगमा जुटेको WWF का नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ्गले उद्यमशिलता विकास र व्यवसायको विस्तार गर्ने क्रममा प्रकृति र पर्यावरण साथै पानीका स्रोतहरु लाई असर नपर्ने गरि गर्नुपर्ने बताउनु भयो । साथै उहाँले आइडिया स्टुडियोलाई सुभकामना समेत दिनुभयो ।

यस्तै अर्का अतिथि, सिभिल बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले आइडिया स्टुडियोसंगको सहकार्य एवम् सहयात्रा स्मरण गर्नु भयो साथै उहाँले आगामी कार्ययोजनाका विषयमा समेत प्रकाश पार्नु भयो ।

कार्यक्रमको समापन सत्रमा बोल्नुहुँदै आइडिया स्टुडियोको पहिलो सिजन देखिनै मिडिया पार्टनरको रुपमा रहेको मिटिङ्गपोइन्टका प्रबन्ध निर्देशक शुरेश सिंखडाले आइडिया स्टुडियो शुरु गर्दाको अवस्थाका चुनौतीलाई स्मरण गराउनुहुँदै दृढतापुर्वक निरन्तर उदेश्यमुलक भएर अघि बढ्दै आज यो स्थान सम्म आइपुग्न सफल भएको अवगत गराउनुभयो ।सो पत्रकार सम्मेलनमा मेगा बैँककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली लगायत अन्य विभिन्न क्षेत्र र विधाका चर्चित व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

सोच देखी उद्योग सम्म भन्ने मुलनारा लिएर संचालित आइडिया स्टुडियोको चौथो सिजनथप परिष्कृत र प्रभावशाली ढंगले संचालन हुने अपेक्षा लिएका छौँ । आइडिया स्टुडियोको यस सिजनकालागि व्यक्तिको सोचलाई उद्योगसम्म पु¥याउनका लागि आफ्नो आइडिया पठाउने मिति यहि श्रावण १६ गतेबाट भाद्र १४ गते सम्मका लागि तोकिएको छ । यो मिति भित्र पठाइने उद्योग व्यवसाय सम्बद्ध आइडियाहरुले आइडिया स्टुडियो सिजन ४ का लागि स्थान पाउने छन ।

निर्धारित मिति भित्र पठाइएका आइडियाहरुले टेलिभिजन रियालिटिशोमा स्थान पाउनुका साथै तालिमको व्यवस्था र उत्कृष्ट ठहरिएका ४ आइडियाहरुले रु. ५ लाख बराबरको सिड इन्भेष्टमेन्ट समेत प्राप्त गर्नेछन Made in Nepal, Social Impact, High Flying र Greenovation गरि ४ विधाका उत्कृष्ट आइडियाले सिड इन्भेष्टमेन्ट प्राप्त गर्नेछन ।आइडिया पठाउने फारम भर्नका लागि www.ideastudio.org.np लगइन गर्नु पर्नेछ ।

यस्तै आइडिया स्टुडियोमा College Idea Hunt मार्फत करिब एक सयकलेजहरुबाटविद्यार्थीहरुको आइडिया हरु खोजीभएको छ । आइडिया स्टुडियोको संस्थागत सहयात्रीको रुपमा काठमाडौँ विश्वविद्यालय र मिटिङ्ग पोइन्ट रहेका छन भने, यो सिजनमा WWF को समेत सहयोग रहेको छ । नेपाली उत्पादन प्रबद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पु¥याउने, प्रविधि सम्बद्ध तथा हरियाली र पर्यावरण प्रबद्र्धन गर्ने आइडिया हरुले विशेष ग्राहयता प्राप्त गर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here