ओपोको नयाँ एफ ११ प्रो मा राईजिङ क्यामेरा सेल्फीलाई नयाँ उचाई दिने लक्ष्य

बैशाख २, काठमाडौं, नेपाल ।

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ ११ प्रो मा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८ एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन् । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका साथ यसमा एफनाइन को स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिन पनि उपलब्ध गरिएका छन् ।

राईजिङ क्यामेरा डिजाइनका साथमा सेल्फी फञ्सनलाई नयाँउचाई दिने योजना

‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले भनेका छन । यथाःसम्भव सरल र सुब्यवस्थित डिजाइन सहितको एफ ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ । स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्य भागमा १६एम पी फ्रण्ट क्यामेरा जडान गरिएको छ । आवश्यकता अनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फीलिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ ।

१६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बन गरिएको यो प्रविधिले नोचलाई विस्थापनगर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टच प्रदान गर्छ । फोनको शानदार पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभव पनि प्रदान गर्छ । परम्परागत मोबाइल संग तुलनात्मक रुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित छ ।

विश्वभरका यूवामाझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न,नव प्रबर्तनात्मक प्राविधिक विकास उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समय संगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरा मानव प्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो ।

फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । निरन्तर नव प्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थप नयाँ  उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।

एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ ,विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याक ग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलानगर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ । साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथाआफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।

यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here