शाओमीको रेडमी १०ए मा विन्टर अफर

Redmi 10A Price in Nepal

२ मंसिर २०७९, काठमाडौं।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी १० ए को मुल्य कम गरेको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० ए मा विन्टर अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

रेड्मी १०ए को ठूलो 6.53″ HD+ डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ । अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको 3D कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ।

साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ । यसमा रहेको 13 MP मेन क्यामेरा र 2 MP देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

रेड्मी 10A मा पावर अपको लागि MediaTek Helio G25 प्रोसेसर जडित छ जुन 2.0GHz सम्मको क्षमता रहेको अक्टा–कोर CPU हो ।

यसमा लामो समयसम्म चल्ने छ, 5,000mAh ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन 10W चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।

रेडमी १० ए ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काइ ब्लु रङमा उपलब्ध छ । शाओमीले ३ जिबि / ६४ जिबि भेरीयन्ट र ४ / १२८ जिबि भेरीयन्टमा रु ७०० कम गरेको छ ।

बजारमा शाओमीका बजेट फ्रेन्ड्ली फोनको रुपमा रु १५,९९९ र रु १७,९९९ उपलब्ध रेडमी १० ए विन्टर अफरमा ३ जिबि / ६४ जिबि को मुल्य रु १५,२९९ र ४ / १२८ जिबिको मुल्य रु १७,२९९ उपलब्धमा छन् ।

यो अफर कार्तिक ३० देखि मंसिर २९ गते सम्म लागु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here