CAN Federation Rupandehi Chapter Celebrates National ICT Day

कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देहीले मे २ लाइ आइसिटी दिवसको रुपमा मनाउने भएको छ । क्यान स्थापना एबम नेपाल मा बिधिबत कम्प्युटर भित्रिएको दिनलाइ आधार मानेर आइसिटी डे नेपाल भरि भब्य रुपमा मनाउने केन्द्रीय नीति अनुसार रुपन्देही साखा मा पनि भब्य रुपमा मनाउन लागिएको सचिव माधब अर्यालले बताए ।

रुपन्देही लाइ कर्मथलो बनाई प्रबिधि क्षेत्रमा काम गरिरहेका संघ सस्था ,सरकारी निकाय बाट प्रबिधि क्षेत्र मा काम गरिरहेका सस्था,यस क्षेत्र का ब्यापारि , आइ सि टि मा आबध महानुभाव , आइ सि टि प्रयोगकर्ता, आइ सि टि पाठयक्रम संचालन गरेका यहाँ का स्कुल क्याम्पस र क्यानको सहकार्यमा मनाउन लागिरहेको आइसिटी दिवसका दिन विभिन्न कार्यक्रमहरु आयोजना हनेछन् । सोमबार विहान प्रभातफेरी आयोजना हुनेछ भने बेलुकी यश छेत्र का आइ सि टि मा योगदान गर्नु हुने व्यक्तिव लाइ सम्मान एबम अवार्ड कार्यक्रम का साथ मा साँझ ४ बजे देखि बुटवल कालिका नगर मा अवस्थिति क्लब देनोवो को सेमिनार हल मा अन्तरक्रिया कार्यक्रम ,बार्षिक कार्ययोजना, यो वर्ष को कार्ययोजना सहित को भित्ते पात्रो पनि बितरण हुने क्यान महासंघ रुपन्देहीका अध्क्षय रोशन कंडेलले जानकारी दिनुभो ।
सन् १९९२ मे २ का दिन क्यानको जन्म भएको थियो । क्यान महासंघ बिस्तार हुने क्रम मा क्यान महासंघ को पहिलो साखा को रुपमा रुपन्देही गठन भए को कुरा क्यान महासंघ रुपन्देही का सस्थापक अध्क्षय एबम केन्द्रीय सदस्य नवराज कुंवर ले जानकारी दिनु भयो । विगत केहि वर्षदेखि क्यान महासंघ रुपन्देही ले रुपन्देही का विभिन्न संघ सस्था संघ मिलि यश क्षेत्र मा नेतृत्व बिकाश , व्यवसाय प्रबर्दन देखि विभिन्न शैशिक कार्यक्रम हरु गरिरहेको छ ।