Successful Completion of a One Day Workshop, Technovo

पोखरा–समाजमा प्राविधिक ज्ञानलाई बढावा दिने लक्ष्यका साथ गठित संस्था टेक्नोभोको आयोजनामा शनिबार पोखरा इञ्जीनियरिङ्ग कलेज, पोखरामा एक दिने प्राविधिक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागीहरुलाई कोड इग्नाइटर फ्रेमवर्क सम्बन्धी प्रयोगात्मक सीप सिकाइएको संस्थाका अध्यक्ष बाबुराम नेपालीले बताए ।

Technovo

 

Team of Technovo

technovo nepal

 

 

 

 

५० जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण इन्जीनियर तारा प्रसाद गुरुङ्गले गरेका थिए । कार्यशालामा विद्यार्थीहरुले कम्प्युटर इञ्जीनियरिङ्ग सम्बन्धी विविध पाटोहरुको ज्ञान हासिल गरेको प्रशिक्षक गुरुङ्गले बताए । यस संस्थाले विगत दुई वर्ष देखि डिजिटल साक्षरताको नाराका साथ काम गर्दै आइरहेको छ ।