मोबाइल आईफोन ह्याकर

काठमाडौं ।

बिजनेस इनसाइडरका अनुसार एन्टी भाइरस सफ्टवेयर बनाउने जोन म्याक्याफीले एफबीआइमा आइफोन एन्क्रिप्सन आफुले तोड्न सक्ने बताएका छन ।

एप्पललाई अमेरिकी अदालतले सन बर्नारडिनोको गोलीकाण्डमा संलग्न व्यक्तिको आइफोन ह्याक गर्न लगाएसँगै यो चर्चाको विषय बनेको छ। एप्पलले आफ्ना ग्राहकको सुरक्षाका लागि भन्दै आइफोन ह्याक गर्न नमानेपछि प्रविधिको दुनियाँमा यसले हलचल नै मचाएको छ।

जोन म्याक्याफीका अनुसार उसको टिमले यो काम निःशुल्क गरिदिनेछ भने उक्त काम गर्न तीन हप्ता मात्र लाग्ने पनि बताए भने म्याक्याफीको यो दावीमा शंका लागेको र अरु डिभाइस जस्तो आइफोन अनलक गर्न सहज नभएको सुरक्षा विशेषज्ञ ग्राहम क्लूलीले  बताएका छन्।