सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६, अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुने

काठमाडौं । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यल भोलि र पर्सी (माघ १८–१९) गते आइसीटी सम्मेलन हुने भएको छ । क्यान महासंघ र ईन्टरनेट सोसाईटी नेपालले संयुक्त रुपमा सम्मेलनको आयोजना गर्न लागेको सम्मेलन होटल याक एण्ड यति, दरबार मार्ग, काठमाण्डौंमा हुन गई रहेको हो ।

यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” रहेको छ । यस वर्ष Cyber Security: Challenges and Solutions for Developing Economies सो सम्मेलन सम्मेलनमा Critical Infrastructure and Protection, Combating Cyber security Incidents in Nepal, Security of e-Enabled Services and Applications, Surveillance and Privacy विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुने छन् ।

सो अवसरमा Cyber security Incidents In South Asia And Developing Regional Collaboration मा सार्क स्तरीय र Cyber Attacks In Financial Infrastructure In Nepal  विषयमा Panel Discussion हुने छन् ।