22nd ICT Branding Expo 2016, CAN Federation

काठमाडौं । 

सूचना, प्रबिधि क्षेत्रमा निरन्तर लागिरहेका कम्प्युटर एसोशिएसन नेपालका महासंघका (क्यान महासंघ) अध्यक्ष बिनोद ढकाल यस क्षेत्रका परिचित नाम हो । उनैको प्रयासले क्यानलाई महासंघ बनायो । सन १९९२ मा स्थापना भएको क्यान सूचना प्रबिधि क्षेत्रमा देशभर सञ्जाल भएको छाता संगठन हो ।

नेपालमा सूचना प्रबिधिको क्षेत्रको संभावना , तथा क्यान महासंघले यस क्षेत्रको बिकासको लागि खेलेको भूमिका तथा यही माघ १५ गते देखि भृकुटीमण्डपको प्रदर्शनी स्थलमा हुने सबभन्दा ठुलो प्रर्दशनी २२ औ क्यान इन्फोटेक शुभारम्भ हुने छ ।

सूचना र प्रबिधि क्षेत्रमा चाख राख्नेहरुले यस क्षेत्रमा आएका नविनतम उत्पादनहरु, कम्प्युटर हार्डवेयरका सामाग्रीहरु, मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरका नयाँ भर्जजहरु तथा बिभिन्न कम्पनीका नयाँ उत्पादनहरु बिभिन्न छुटमा २२ औ क्यान इन्फोटेकमा उपलब्ध हुने बताउनु भएको छ ।