पेमेन्ट गेट वे तथा अनलाइन वालेट बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७४ मंसिर १ गते कम्प्यूटर एशोसियसन अफ नेपालक्यान महासंघ काभ्रेको आयोजनामा पेमेन्ट गेट वे तथा अनलाइन वालेट बिषयक अभिमुखीकरण तथा अन्तर्किया कार्यक्रम सम्पन्न भयो । कम्प्यूटर एशोसियसन अफ नेपालक्यान महासंघ काभ्रेका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक श्री कैलाश पलाञ्चोकेले कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत तथा कार्यक्रमको औचित्य तथा महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पेमेन्ट गेट वे का बिज्ञ श्री हिमाल निरौलाले पेमेन्ट गेट वे के हो कसरी सुरक्षित तबरबाट इन्टरनेट मार्फत वा बिना इन्टरनेट डिजीटल वालेट वा मोवाइल वालेटहरु सञ्चालन गर्नु पर्दछ भन्ने बिषयमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नभएको थियो भने आइ एम इ पे का बिरेन्द्र ढकालले आइ एम इ पे को सञ्चालन कसरी गर्ने भन्ने बिषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमका बिशेष अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष श्री मोतीराम तिमल्सिनाले मोबाइल वालेटको प्रयोगले दैनिक जीवन यापनमा सहज र सुरक्षित हुने बिचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रम काभ्रे उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष श्री लक्ष्मीलाल राजभण्डारी प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व कम्प्यूटर एशोसियसन अफ नेपालक्यान महासंघ काभ्रेका अध्यक्ष जयराम हुमागाइले गर्नुभएको थियो । कार्यक्रम संचालन कम्प्यूटर एशोसियसन अफ नेपालक्यान महासंघ काभ्रेका सचिव युबराज न्यौपानेले गर्नभएको थियो । उक्त कार्यक्रम आइ एम इ पे ले प्रायोजन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here