हामिले त अन्धाधुन्ध ईन्टरनेट पो चलाएका रहेछौं, आज पो बल्ल थाहा भो ?

काठमाण्डौका महिला वकिलहरु भन्छन – हामिले त अन्धाधुन्ध ईन्टरनेट पो चलाएका रहेछौं, आज पो बल्ल थाहा भो । नेपालका कानून व्यवसायी महिलाहरुलाई साइवर सुरक्षा र अपराध सम्बन्धी तालिम सम्पन्न

काठमाडौं, १७ नोभेम्वर (१ मंसीर ) – नेपालका सफल एवं लोकप्रिय युवा अधिवक्ताद्वय ध्रुव भट्टराई र खेम न्यौपानेको सक्रियतामा काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, महिला समितिको आयोजना र साइवर सेक्युरिटी इन्टरनेशनलको सहकार्यमा काठमाडौं जिल्ला अदालत बार एशासिएशनसँग आवद्ध रहनु भएका कानून व्यवसायी महिलाहरुलाई साइवर अपराध र सुरक्षा सम्बन्धी एक दिने प्रयोगात्मक तालिम सम्पन्न भएको छ ।

महिला समितिको संयोजक अधिवक्ता रञ्जिता कार्कीको अध्यक्षता तथा नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता शेर बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिब ५५ जना कानून व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय नेपालमा साइवर अपराध सम्बन्धी गतिविधि अत्यधिक बढिरहेको अवस्थामा न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्य सहति कार्यक्रम गरिएको अधिवक्ता न्यौपानेले जानकारी गराउनु भयो ।

कार्यक्रममा साइवर सेक्युरिटी इन्टरनेशनलका साइवर अपराध विशेषज्ञ कुमार पुडासैनी र समीर अर्यालले सहभागीहरुलाई साइवर अपराधबाट बच्न कसरी सचेत हुने एवं कम्प्युटर, इन्टरनेट, मोवाइल, वाइफाइ र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका कार्यसमितिका सदस्यहरु अधिवक्ताहरु पुरुषोत्तम अधिकारी, र जयाराम श्रेष्ठ तथा साइवर सेक्युरिटी इन्टरनेशनलकी सदस्य मनिषा रानाभाटको कार्यक्रम संयोजन गर्न सक्रिय भूमिका रहेको थियो ।

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका कार्यसमितिका सदस्यहरु अधिवक्ता राधिका लामिछाने बरालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन तथा अधिवक्ता अप्सरा ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो जिज्ञासा राख्दै आगामी दिनमा अझ बृहत रुपमा कार्यक्रम सञ्चालन गर्न माग गर्नु भएको थियो । तालिमका सबै सहभागीहरुलाई साइवर सेक्युरिटीको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

उक्त अवसरमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता शेर बहादुर केसीले काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, महिला समितिले गरेको कार्यक्रम सह्रानीय रहेको बताउनु भयो । साइवर सम्बन्धी ज्ञान सबैले जान्नुपर्ने र साइवर अपराधलाई न्यूनीकरण गर्न थप प्रभावकारी कार्यक्रम गर्न आवश्यक छ, वहाँले थप्नु भयो । कार्यक्रममा नेपाल बार एशोसिएशनका
कार्यसमिति सदस्य अधिवक्ता सानुमैयाँ महर्जनले यस्तो अतिनै आवश्यक कार्यक्रम नेपाल बार एशोसिएशनको सहकार्यमा नेपाल राज्यभरका कानून व्यवसायीहरुलाई तालिम दिने व्यवस्था गरिदिन समेत अनुरोध गर्नु भएको थियो ।

यो तालिम कानून व्यवसायीहरुलाई नमूनाको रुपमा सम्मन्न गरिएको र निकट भविष्यमा नै नेपाल बार एशोसिएशनका सबभन्दा बढि सदस्यहरु आवद्ध रहेका बार एकाईहरु काठमाडौं जिल्ला अदालत बार एशोसिएशन र उच्च अदालत पाटन बार एशोसिशनका कानून व्यवसायीहरुलाई लक्षित गरी तालिम प्रदान गरिने र सो पश्चात उपत्यका बाहिरका कानून व्यवसायीहरुलाई साइवर सुरक्षा र अपराध सम्बन्धी तालिमको आयोजना गरिने अधिवक्ता भट्टराईले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here