कानून व्यवसायीहरुलाई लक्षित गरी साइवर अपराध र सुरक्षा तालिम आयोजना हुने

अधिवक्ताद्वय ध्रुव भट्टराई र खेम न्यौपानेको सक्रियतामा नेपालका कानून व्यवसायी महिलाहरुलाई साइवर सुरक्षा र अपराध सम्बन्धी तालिम आयोजना हुँदै

साइवर अपराध एक प्रकारको चोरी अपराध हो । चोरी अपराधमा राती वा सुनसान भएको समयमा धनीलाई थाहा नदिई झ्याल ढोकाबाट भित्र गई जसरी अपराध गरिन्छ त्यसरीनै साइवर अपराधमा कुनैपनि व्यक्तिको कम्प्युटरमा भएको डाटा त्यस्तो व्यक्तिलाई थाहा नदिई चोरी गरिन्छ । यस्ता अपराध घटना भैसकेपछि मात्र थाहा हुन्छ । प्रविधिको विकास सँगै हामीले प्रयोग गर्ने मोवाइल फोन, ल्यापटप, डेस्कटप लगायतका प्रविधिहरु साइवर अपराधीको लागि खुल्ला मैदान जस्तो भएको छ । यी प्रविधिहरुलाई साइवर अपराधीहरुले जहिलेसुकै आक्रमण गर्न सक्छन् । साइवर अपराधमा कस्तो अपराधीले कहाँ बसेर अपराध घटाइरहेको छ भन्ने कुरा पत्ता लगाउन सक्नुनै आजको चुनौति बनिरहेको छ । यस्तो अवस्थामा चोरी अपराधबाट बच्न घरको झ्याल ढोका कसरी सुरक्षित गर्न सकिन्छ भने जस्तै साइवर अपराधबाट कसरी बच्ने भनेर सोच्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा साइवर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साइवर सेक्युरिटी इन्टरनेशनल, अमेरिका र नेपालद्वारा नेपालमा विभिन्न पेशा, व्यवसायी, विद्यार्थी र गृहणी एवं विश्वका कुनैपनि कुनामा रहेका नेपाली समुदायहरुलाई लक्षित गरी प्रयोगात्मक तालिम सञ्चालन गर्दे आइरहेको छ ।

साइवर अपराधबाट बच्न कसरी सचेत हुने एवं कम्प्युटर, इन्टरनेट, मोवाइल, वाइफाइ र सामाजिक सञ्जाललाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने सम्बन्धमा साइवर सेक्युरिटी इन्टरनेशनलले नेपालका कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको सबभन्दा धेरै कानून व्यवसायी सदस्यहरु भएकोे काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका ५० जना महिला कानून व्यवसायीहरुलाई लक्षित गरी नेपालका बहुआयामिक एवं लोकप्रिय युवा अधिवक्ताद्वय ध्रुव भट्टराई र खेम न्यौपानेको सक्रियतामा काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, महिला शाखाको आयोजनामा यहि आउँदो शुक्रबार राजधानी काठमाडौंको एक होटलमा एक दिने साइवर अपराध र सुरक्षा तालिम आयोजना गर्ने भएको छ ।

यो तालिम नेपालका कानून व्यवसायीहरुलाई लक्षित गरी पाइलट तालिमको रुपमा सञ्चालन गरिने र निर्वाचन पश्चात साइवर सेक्युरिटी इन्टरनेशनल अमेरिका र नेपालसँगको सहकार्यमा मुलुकभरका कानून व्यवसायीहरुलाई लक्षित गरी साइवर अपराध र सुरक्षा सम्बन्धी तालिम आयोजना गरिने आधिवक्ताद्वय भट्टराई र न्यौपानेले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here