सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न

बेल्जियमको लुभेन शहरमा बस्दै आउनु भएका समाजसेवी रामशरण महत्तोको प्रयास र प्रायोजनमा बछेउली माबी, सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न.

tadi chitwan

डा. रामहरि सुबेदी, वाशिङ्टन डिसी, नोभेम्बर १३, २०१७ – – बछेउली घर भई हाल बेल्जियमको लुभेन शहरमा बस्दै आउनु भएका समाजसेवी क्याट बेल्जियमका सदस्य रामशरण महत्तोको प्रयास र प्रायोजनमा बछेउली माबी बछेउली सौराहा चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भयो ।

कार्यक्रमलाई बेल्जियम देखि बछेउली माबी सम्म लैजानको लागि सहज कर्ताको रुपमा क्याट बेल्जियमका अध्यक्ष, नेपाली जनसम्पर्क समिती बेल्जियमका माहासचिब दिनेश भण्डारीको प्रमुख भुमिका रहेको थियो । आफैले अध्ययन गरेको स्कुलमा प्रायोजक रामशरण महत्तोको प्रयासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ८ कक्षा देखि १० कक्षा सम्म गरि करिब २५० बिद्यार्थीहरु र स्कुलका शिक्षकहरुको सहभागिता रहेको थियो ।

पहिलो दिन पहिलो, दोश्रो र दोश्रो दिन तेश्रो चरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम सुरु हुनु भन्दा अगाडी प्रायोजक रामशरण महत्तोले बेल्जियमबाट स्कुलका बिद्यार्थीहरु र शिक्षकहरुलाई पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो। भिडियो सन्देशमा महत्तोले सहभागी बिद्यार्थीहरुलाई फोन, ईन्टरनेट, कम्प्युटर, सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने र कार्यक्रमबाट सहभागीहरुले पुर्णलाभ लिने कुरा ब्यक्त गर्नुका साथै कार्यक्रमको सफलताको कामना पनि भिडियो सन्देश मार्फत दिनु भएको थियो । सन्देश पछि स्कुलका शिक्षकले महत्तोको स्कुल अबस्थाको बारेमा सहभागि बिद्यार्थीहरुलाई जानकारी गराएका थिए। साईबर सुरक्षा ईन्टरन्यासनलकी प्रशिक्षक पुजा गुरुङ्गले सहभागी बिद्यार्थीहरुलाई र शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा फेसबुक चलाउँदा कसरि सावधानी अपनाउनु पर्ने, कम्प्युटर, ईन्टरनेट, मोबाईल, वाईफाईलाई कसरि सुरक्षित राख्ने भन्ने बिषयमा बिभिन्न तरिकाहरु पावर पोईन्टमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै गरि साईबर सुरक्षा ईन्टरन्यासनलको तर्फबाट नाम, फोटो, भिडियो संकलनको लागि मुना भट्टको पनि सहभागिता रहेको थियो । कर्यक्रमबाट सहभागि बिद्यार्थीहरु र शिक्षकहरुले लाभदाय प्राप्त गरेको कुरा भिडियो मार्फत ब्यक्त ब्यक्त गरेका थिए ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here