साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने, विज्ञ

Share It On:

काठमाडौं: नेपालका बैंक तथा बीत्तीय संस्थाहरुमा साइबर आक्रमणबारे सूचना प्रविधि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक)ले बिहीबार विज्ञप्ति निकालेर नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको छ । यस्तो प्रकारको आक्रमण हुनु कुनै नौलो विषय नभएपनि आगामी दिनहरुमा अझ बढी हुनसक्ने यस्ता प्रकारका साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने भएको छ।

यस्तै इन्फोसेकले सूचना प्रविधिले दैनिक क्रियाकलापलाई सहज बनाईरहेको समयमा पर्याप्त आवश्यक लगानी नगरिनु र त्यसको लागि आवश्यक जनशक्तिको विकासमा ध्यान नदिनु मुख्य कमजोरीको रुपमा रहेको औल्याएको छ। इन्फोसेकका अध्यक्ष चिरन्जीवी अधिकारीले विज्ञप्तिमा भनेका छन्, प्रविधिको क्षेत्रमा गरिने लगानीलाई नै विकासको आधार मान्ने तर अपरेशन सेन्टरमा बसेकालाई जनचेतना नगराउनाले बैंकिङ क्षेत्रमा उच्च जोखिममा परेको हो।’

घट्नालाई न्यूनिकरण गर्दै सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र मात्र नभई नेपालका हरेक सूचना प्रविधिसँग आबद्ध क्षेत्रलाई सुरक्षित पार्नुपर्ने आवश्यकता देखिएको संस्थाको ठहर छ।

साथै सूचना प्रविधि सूरक्षाको लागि नियमितरुपमा गरिने ‘इन्फर्मेसन सेक्यूरिटी अडिट’लाई नियमानुसार निरन्तर गरिनुपने, प्रविधिलाई सशक्त र सुरक्षित बनाईरहँदा हुनसक्ने ‘फिसिङ्ग र मालवेयर’ को चुनौतीलाई रोक्नका लागि सो विषयमा तालिम तथा जानकारी लिने कार्यलाई समेत प्रोत्साहित गरिनु पर्ने संस्थाको ठहर छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *