क्यान कमटेक प्रदर्शनी भव्यताका साथ सम्पन्न

subisu can commtech

भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” आज भव्यताका साथ सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित प्रदर्शनीको सूचना तथा सञ्चारमन्त्री माननीय मोहनबहादुर बस्नेतज्यूले समुद्घाटन गर्नु भएको थियो ।

commtech subisu can

मेलामा कुल एक लाख १६ हजार ३ सय १८ जनाले अवलोकन गरेका छन् । यस संस्करणको क्यान कमटेकमा कम्युनिकेशन र सेक्युरिटी टेक्नोलोजीलाई बिशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो । इन्टरनेट एवं दूरसञ्चार सेवाप्रदायक, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आइटी कलेज तथा तालिम प्रदायक पंस्था, पेमेन्ट सोलुसन्स लगायत कुल ९० स्टल रहेका थिए ।
यसपटक क्यान कमटेकको अवसरमा प्रदर्शनीकर्ता कम्पनीहरुले आफ्ना सेवा र वस्तुको आकर्षक योजनाका साथ उपभोक्तामाझ प्रवद्र्धन गरेका क्यान महासंघका कार्यवाहक अध्यक्ष हेमन्त चौरासियाले बताउनुभयो । ‘आइसिटी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र संस्करणलाई उपभोक्ताले एकै ठाउँबाट जानकारी लिन पाएका छन् । व्यवसायी र उपभोक्तालाई यस कमटेकले जोडेको छ,’ उहाँले भन्नुभयो । साथै क्यान कमटेक सफल पार्न सहयोग गर्ने प्रायोजक, अफिसियल, प्रदर्शनीकर्ता कम्पनी र अवलोकनकर्तालाई उहाँले धन्यवाद दिदै उहाँले आइसिटी क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा थप सहकार्यको अपेक्षा राख्नुभयो ।

विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीसम्बन्धी कम्पनीहरुले भाग लिएको क्यान कमटेकमा शीर्ष प्रायोजक सुबिसु केबलनेट प्रालि रहेको थियो भने डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा नेटिस, सिल्भर स्पोन्सरमा एस पावर बिपिई र प्रिन्ट स्पोन्सरमा हाइसेन्स रहेका थिए ।

कमटेकको यस संस्करणको लागि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणिकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा एशोसिओ र विट्साजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग पु¥याएका थिए ।

कमटेक प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधि र संस्करणहरु भित्रिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले कमटेकमार्फत फाइबर इन्टरनेट र आइपी टिभीमा आकर्षक प्याकेज घोषणा गरेका छन् भने सेक्युरिटी टेक्नोलोजीअन्तर्गत सिसिटभी, एक्सेस कन्ट्रोल सिस्टम, सेन्सर अलार्म, स्टाफ एटेन्डेन्स, फायर र स्पोक डिटेक्टर, फायर फाइटर, ड्रोन, वाकीटकी, जिपिएस ट्रयाकर आदिको विशेष प्रदर्शनी गरिएको थियो । त्यसैगरी अन्तराष्ट्रिय ब्रान्डका प्रोजेक्टर, प्रिन्टर, एन्टिभाइरस, नेटवर्किङ प्रडक्टहरु लगायत कमटेकमार्फत सार्वजनिक भएका छन् । नेपालका स्थानीय कम्पनीहरुले उत्पादन गरेका अनलाइन ट्याक्सी सिष्टम, पेमेन्ट सिस्टम तथा सफ्टवेयर प्रविधिले पनि अवलोकनकर्ताको ध्यान तान्यो । त्यसैगरी आइसिटी सम्बन्धित कलेज र तालिम प्रदायकले आफ्ना शैक्षिक कार्यक्रमबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।्

कमटेकमा सहभागी कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई राहत दिलाएको हामीले अनुभूति गरेका छौं । कमटेकमा लागेको भिड र कम्पनीहरुले ल्याएको प्रविधिहरुको नयाँ नयाँ संस्करणले नेपालमा प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।

क्यान कमटेकका वारेमा अवलोकनकर्ताहरुबाट विभिन्न सल्लाह, सुझाव र प्रतिक्रियाहरु प्राप्त गरेका
छौ । यहाँहरुको सुझावले आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्न हौसला र ऊर्जा मिलेको छ । यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाहरुलाई मनन गर्दै आगामी दिनमा अझ ब्यवस्थित ढंगले कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ । साथै क्यान महासंघले बर्षेनी आयोजना गर्दै आएको क्यान इन्फोटेक, क्यान आइसिटी कन्फरेन्स र क्यान सफ्टटेक समिटलाई यस संस्करणमा पनि निरन्तरता दिने जानकारी गराउन चाहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here