डाटा र नेटवर्क सेक्युटिरीका लागि जनचेतना फैलाउनुपर्नेमा विज्ञको जोड

Share It On:

कम्प्युटर एशोसिएन महासंघ (क्यान) का पूर्वअध्यक्ष एवं नेपाल सर्टिफाइङ कम्पनीका प्रमुख विप्लवमान सिंहले सूचना प्रविधिसम्बन्धी नीतिमा सुरक्षाका विषयलाई बेवास्ता गरिएको र भएका व्यवस्थाको पनि सही कार्यान्वयन नभएको बताए । सन् २००० मा बनेको सूचना प्रविधि नीतिको वास्तविक कार्यान्वयन नहुँदै ७ वर्षमा संशोधन गरिएको चर्चा गर्दै उनले नीति बनाउने तर बेवास्ता गर्ने परिपाटी रहेको अनुभव सुनाए । सूचना सुरक्षा अहिलेको जटिल विषय भएकाले जोखिम आउनुअगावै सतर्क हुन÷गराउन उनले सुझाए ।

पुल्चोक इन्जिनियरिङ संस्थानका प्रा. डा. सुवर्ण शाक्यले डाटा र नेटवर्क सेक्युटिरीका लागि इन्फोसेक जस्ता रेस्पोन्स टिमको सशक्त भूमिका रहने भनाइ राखे । नेपालमा ई—गभर्मेन्टको विकास हुँदै गरेको सन्दर्भमा सुरक्षा संवेदनशीलताको विषयलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बेला आएको उनको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी डाइरेक्टर प्रल्हाद गिरीले नेपालमा बैंकिङ सिस्टम भर्चुअल करेन्सी र क्यासलेसमा गएकाले सेवाप्रदायक र उपभोक्ता दुवै सूचना प्रविधि सुरक्षामा जानकार हुनुपर्ने भनाइ राखे । उनले नेपालमा इन्फर्मेशन सेक्युरीटीका लागि वस्तुनिष्ठ अनुसन्धान आवश्यक रहेको बताए ।

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष विक्रम श्रेष्ठले नीति निर्माणमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिदै डिजिटल प्रविधिमा वित्तीय सुरक्षाका लागि सशक्त नीति र कार्यक्रम लागू हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) का सहायक निर्देशक एवं सूचना अधिकृत रमेश पोखरेल, क्यान महासंघकी सचिव सुनैना पाण्डे घिमिरे, सानोठिमी क्याम्पसका आइसिटी विभाग प्रमुख रेग भण्डारी, नेपाल प्रहरीका नविन्दा अर्याल, आइटीसर्ट नेपालका महासचिव खुशल रेग्मीलगायतले पनि बोल्नुभएको थियो ।

इन्फोसेकमा नयाँ कार्यासमिति
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारण सभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिव्यतारा शाक्य, नारायण क्षेत्री, भरतराज रिजाल, निरञ्जन खकुरेल, डा. प्रमोद पराजुली, निरञ्जन पटेल, कुमार पौडेल, सुरेश भण्डारी, राजन दाहाल, भरतराज उप्रेती, शिव बस्नेत र अर्जुन अधिकारी रहेका छन् । साधारणसभाले संस्थाका भावी योजना सार्वजनिक गर्दै साइबर सुरक्षामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *