ओप्पोद्वारा नेपालमा अन्तर्राष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन

Share It On:

‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ । हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्नु हाम्रो उद्देश्य हो । अन्तरर्राष्ट्रिय बजारका साथै नेपालमा पनि हामी यही उद्देश्यपूर्तिको प्रयास गरिरहेका छौँ । नेपाल आयडलको प्रायोजन यसैको उपज हो ‘ लीले भने ।

रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आयडल्स’को ढाँचा बि्रटिश टेलिभिजन प्रड्यूसर सायमन फुलरले तयार पारेका हुन् । त्यसैगरी यसको विकास फरमेन्टल मिडियाले गरेको हो । सन् २००१मा बि्रटिस टेलिभिजन सिरिज पप आयडलका रुपमा सञ्चालन गरिएको आयडल सिरिजलाई पहिलो पटक पोलिस सिरिज आयडलका रुपमा सन् २००२मा ‘एडेप्टेशन’ गरिएको हो ।६ अर्ब ५० करोडले हेर्छन् आयडल लगतै कार्यक्रम विश्वमै सर्वाधिक हेरिने टेलिभिजन फ्रान्चाइजका रुपमा स्थापित हुँदै गएको छ । कार्यक्रममा अपनाइएको ढाँचा विश्वका ४६ क्षेत्र र १ सय ५० भन्दा बढी देशमा विभिन्न परिमार्जित ढाँचा सहित प्रसारण हुँदै आइरहेको छ ।

 

 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *