npNOG -२ सम्मेलनमा Facebook का Matt Jansen आउने

इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) र नेपाल नेटवर्क अपरेटर्स समूह (npNOG) द्वारा जुन १५ देखि १८ सम्म “npNOG-2” कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम अन्तरगत ३ दिने कार्यशाला होटल Yellow Pagoda मा अन्तिम दिनमा एक दिने सम्मेलन होटेल मल्ल, लैनचौर, काठमाडौमा हुनेछ । उक्त कार्यशालामा तीन ट्रयाक

१) IPv4/IPv6 नेटवर्क डिजाइन कार्यशाला

२) नेटवर्क मोनिटरीङ्ग र म्यानेजमेन्ट र

३) ओप्टिकल फाइबर नेटवर्क डिजाइन कार्यशाला सञ्चालन गरिनेछ

npNOG का अध्यक्ष का अनुसार, यो सम्मेलन हालका सूचना प्रबिधिबारे सिक्ने, ज्ञान साझेदारी र समुदाय बिकासका लागि एक मंच हुनेछ।  कार्यशाला वरिष्ठ अनुभवी पेशाकर्मीहरूद्वारा आयोजित गरिनेछ र इन्जिनियरिङका अन्तिम वर्षका विद्यार्थी र इच्छुक आईसीटी प्रोफेसनहरूका लागि व्यावहारिक ज्ञान तथा अभ्यास र प्राक्टिकल गर्नका लागि धेरै उपयोगी हुनेछ । साथै विद्यार्थीहरुका लागि ५०% छुट प्रदान गरिनेछ । अन्तिम दिनको सम्मेलनमा वर्तमान स्थिति, चुनौतीहरू र इन्टरनेट र नेटवर्क पूर्वाधार को सफलताका कथाहरूका प्रस्तुति हुनेछन । सम्मेलनमा Facebook का Mr. Matt Jansen को बिशेष keynote प्रस्तुति हुनेछ तथा APNIC अनि नेपालका बिभिन्न सूचना प्रबिधि, ईन्टरनेट तथा नेटवर्क सँग सम्बन्धित ब्यक्तित्वहरूको पनि प्रस्तुति हुनेछ । कार्यक्रमको सहयोगी संस्थाहरू नेपाल दूरसंचार प्राधिकरण, FCAN, ISPAN, NREN र ISOC Nepal रहनेछन । कार्यक्रममा बिशेष sponsorship को पनि प्रबन्ध गरिएको छ, जसमा ४०% महिला प्रावधिकहरूको सहभागिता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here